दिदीबहिनी र दाजुभाइ नहुनेका लागि आज रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुला

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०६, बिहिबार

14
Share
Featured
  • आज भाइटीकाको मुख्य दिनमा दिदीबहिनी वा दाजुभाइ नहुनेका लागि रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुला गरिएको छ, जुन वर्षमा एकपटक यही दिनमात्र खुल्ने गर्दछ।
  • दिदीबहिनी र दाजुभाइ नहुनेहरूले यस मन्दिरमा पूजा, दर्शन र टीका लगाउने प्रचलन छ।
  • यस्तै, जयवागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा पनि यस्तो पूजा गरिन्छ, र नेवार समुदायले भाइटीकालाई किजापूजाका रूपमा मनाउँछन्।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ

आज तिहारको मुख्य दिन भाइ टीका मनाइँदैछ । दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ ।

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुने भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको छ ।

विसं २०३५ पछि नियमित रूपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउँछन् ।

यो समाचारमा

भाइ टीकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पहिरो र लेदो हटाएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा

    काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीस्थित विरुवाडाँडा र आसपासका क्षेत्रमा खसेको पहिरो तथा लेदो हटाएपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। शुक्रबार रातिको वर्षाका कारण सडकमा लेदो र सुख्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडकमा थुप्रिएको अवरोध हटाएपछि केहीबेरअघि मात्रै यातायात सुचारु

    Data is loading...

    Loading brands...

    Loading footer...