वाग्मती प्रदेशका मुख्यमन्त्री बानियाँ भन्छन्-लोकतन्त्रविरुद्ध लाग्नेलाई जनताले गाउँबस्तीबाट लखेट्छन्

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०५, बुधबार

15
Share
Featured

काठमाडौँ   बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले लोकतन्त्रविरुद्ध लाग्नेलाई जनताले गाउँबस्तीबाट लखेट्ने बताएका छन्  

बुधबार  भक्तपुरमा नेपाली काँग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले गरिब, मजदुर, किसानलगायत सबै जनताको रगतबाट मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गरे यसविरुद्ध लाग्नेलाई जनताले गाउँबस्तीबाट लखेट्ने उनले बताएका हुन्  

हालजेनजी आन्दोलनका क्रममा भएको वितण्डालाई भविष्यमा दोहोरिन नदिन वडादेखि केन्द्रसम्म रहेका सबै सुध्रनुपर्नेमा उनले जोड दिए उनले जनताले पठाएका प्रतिनिधि ठिक ढंगले चल्न सके कोही पनि डराउनु नपर्ने बताए  

मुख्यमन्त्री बानियाँले संकटमा लोकतन्त्रवादी एकै ठाउँमा उभिनुपर्ने धारणा व्यक्त गरे  

कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले लोकतन्त्रलाई बलियो बनाउन फरक विचार भएका दल एकै ठाउँ आउनुपरेको बताए उनले कांग्रेसलाई एकताबद्ध बनाउँदै अघि बढनुपर्ने वर्तमान आवश्यकता रहेको टिप्पणी गरे  

यो समाचारमा

नेपाली काँग्रेसभक्तपुरइन्द्र बहादुर बानियाँबागमती प्रदेश
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...