नयाँ दल दर्ताका लागि आयोगमा थप तीन निवेदन, आउनेको संख्या बढ्दै

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०३, सोमबार

10
Share
Featured

काठमाडौँ । नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा थप तीनवटा निवेदन परेका छन् । आइतबार दर्ताका निम्ति तीन निवेदन आएको आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार, राष्ट्रिय जेनजी पार्टी दर्ताको निवेदन परेको छ । हिराप्रसाद सेती अध्यक्ष रहने गरी निवेदन आएको पार्टीको चुनाव चिह्न ‘क्रस खुकुरी’ प्रस्ताव गरिएको छ ।

त्यस्तै, नेपाल लिबरल पार्टी दर्ताको निवेदन परेको छ । गोपीलाल न्यौपानेको नेतृत्वमा दर्ताको निवेदन दिइएको हो । जसको चुनाव चिह्न ‘सिक्का’ प्रस्ताव गरिएको छ ।

त्यसैगरी, राष्ट्रिय परिवर्तन पार्टी दर्ताका लागि निवेदन परेको छ । अजय कुमार राई नेतृत्वमा ‘बाँसुरी’ चुनाव चिह्न प्रस्ताव गरिएको छ ।

जेनजी पुस्ता भएकाले पार्टीको नाम जेनजी दिने सम्भावना कम रहेको आयोग स्रोतले जानकारी दियो ।

“जेनजी आन्दोलनपछि दर्ताको निवेदन दिएका पार्टी दर्ताको प्रक्रियामा छन् ।

गत असोज ७ गते धरान उपमहानगरपालिका का प्रमुख हर्कराज साम्पाङ राई ले दल दर्ताको निवेदन दिएका थिए । उनले श्रम संस्कृति पार्टी नाम राखेका छन् । उनले चुनाव चिह्न ‘माटोको ढिस्को’ माग गरेका छन् । राई सनाखतका लागि आइतबार आयोग पुगेका थिए ।

त्यस्तै, आयोगमा असोज ९ गते नेपाल नागरिक पार्टी दर्ताको निवेदन दिइएको थियो । अधिवक्ता सुरेन्द्र भण्डारी नेतृत्वको पार्टीले चुनाव चिह्न ‘जेनजीको जुत्ता’ माग गरेको छ ।

त्यस्तै, आयोगमा गतिशील लोकतान्त्रिक पार्टी दर्ताको निवेदन पनि परेको छ । दिनेश प्रसाईं अध्यक्ष रहेको पार्टीमा बुद्ध एयरका मालिक वीरेन्द्र बस्नेत पनि छन् ।

जेनजी आन्दोलनअघि नै आयोगमा उज्यालो नेपाल पार्टी दर्ताको निवेदन परेको थियो । ज्ञानेन्द्रकुमार तामाङको नेतृत्वमा ‘बलेको चिम’ चिह्न माग गरिएको छ ।

यो समाचारमा

धरान उपमहानगरपालिकाकाठमाडौँहर्कराज साम्पाङ राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...