विपिन जोशीको इजरायलबाट अन्तिम बिदाइ (तस्बिरहरू)

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०२, आइतबार

32
Share
Featured

तेलअभिभ- हमासको कब्जामा रहेर ज्यान गुमाएका नेपाली बन्धक बिपिन जोशीको पार्थिव शरीर नेपाल पठाइएको छ।

इजरायलको बेन गुरियन विमानस्थलमा आइतबार इजरायली विदेश मन्त्रालयले उनलाई बिदाइ समारोहबीच श्रद्धाञ्जलि अर्पण गरेको हो।

२३ वर्षीय जोशीले २०२३ अक्टोबर ७ का दिन हमास आतङ्ककारीको आक्रमणका क्रममा किब्बुट्ज अलुमिममा साथीहरूलाई जोगाउने प्रयास गर्दै वीरता प्रदर्शन गरेका थिए।

उनले आक्रमणको बेला ग्रिनेड आएपछि त्यसलाई हटाएर धेरैजनाको ज्यान बचाएका थिए। त्यसपछि उनलाई हमासले अपहरण गरी गाजामा लगेको थियो।

जोशी इजरायलमा माशाभ अन्तर्गतको अन्तर्राष्ट्रिय कृषि तालिम कार्यक्रममा सहभागी विद्यार्थीका रूपमा आएका थिए। उनी करिब तीन साताअघि मात्र सुन्तला र कागतीबारीको हेरचाहका लागि पठाइएका थिए।

बिदाइ कार्यक्रममा किब्बुट्ज अलुमिमका बासिन्दा, स्डोट हानेगेभ क्षेत्रीय परिषदका प्रतिनिधि, नेपाली राजदूतावासका अधिकारीहरू, माशावकी प्रमुख एइनात श्लाइन तथा परराष्ट्र मन्त्रालयका अन्य उच्च अधिकारी सहभागी थिए।

सरकारका बन्धक मामिला संयोजक गल हिर्शले बिपिनको सम्झनामा दीप प्रज्वलन गर्दै भने, ‘माफी चाहन्छु। यो अन्त्य यति दु:खद हुनुपर्ने थिएन।’

हिर्शले बिपिनप्रति श्रद्धा प्रकट गर्दै थपे, ‘विपिन सिक्न इजरायल आएका थिए । अब हामी उनलाई पीडा र दुःखसहित घर फर्काइरहेका छौँ। उनी सक्षम विद्यार्थी, असाधारण व्यक्ति र साहसी नायक थिए। उनले जीवनको अन्तिम क्षणसम्म संघर्ष गरेर अरूको ज्यान बचाए।’

इजरायली सेनाले अक्टोबर १३ मा गाजामा फेला परेका गाइ इलाउज, विपिन जोशी, योसी शाराबी र क्याप्टेन डानियल पेरेजको शवलाई सलामीसहित इजरायलमा ल्याएको थियो।

घटनापछि केही थाई र नेपाली विद्यार्थी अन्यत्र लुके, जबकि विपिन घाइतेहरूलाई उद्धार गर्ने प्रयासमा रहे। त्यसै क्रममा उनलाई र तीन थाई कामदारलाई हमासले अपहरण गर्‍यो।

उनको जीवित अवस्थाबारे मे महिनासम्म पनि अनिश्चितता थियो। परिवारले आशा छोडेका थिएनन्, तर गत हप्तामात्रै इजरायल–हमासबीचको युद्धविराम र बन्धक सटही सम्झौताअन्तर्गत विपिनको शव फिर्ता आएको हो। अब उनका परिवारजन नेपालमा बिपिनको पार्थिव शरीरको आगमन प्रतीक्षामा छन् ।






यो समाचारमा

बिपिन जोशीइजरायल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...