विपिन जोशीको शव भोली नेपाल आइपुग्दै

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०२, आइतबार

18
Share
Featured
  • इजरायल–हमास युद्धमा मारिएका कञ्चनपुरका विपिन जोशीको शव सोमबार फ्लाई दुबईमार्फत नेपाल ल्याइँदै छ।
  • विमान दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ, जहाँ प्रधानमन्त्री, मन्त्रीहरू र परराष्ट्र मन्त्रालयका अधिकारीहरू श्रद्धाञ्जलीमा सहभागी हुनेछन्।
  • अध्ययनका लागि इजरायल पुगेका विपिन जोशी २०२३ अक्टोबर ७ मा हमासको आक्रमणमा बन्धक बनेका थिए र असोज २७ गते उनको मृत्यु पुष्टि गरिएको थियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आतंकवादी समूह हमास र इजरायलबीचको युद्धमा मारिएका नेपालका बिपिन जोशीको शव भोलि सोमबार नेपाल ल्याइँदै छ ।परराष्ट्र मन्त्रालय स्रोतका अनुसार कञ्चनपुर जिल्लाका विपिनको शव फ्लाई दुबईको विमानमार्फत् नेपाल ल्याउन लागिएको हो । सो विमान दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ ।

विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरु पनि सहभागी हुने तयारी छ ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए ।

यो समाचारमा

बिपिन जोशीकाठमाडौँपरराष्ट्र मन्त्रालयकञ्चनपुर जिल्ला
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...