भयरहित वातावरणमा निष्पक्ष निर्वाचन हुने विश्वास दिलाउन सरकार र सुरक्षा निकायका प्रमुखलाई राष्ट्रपतिको निर्देशन

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०१, शनिबार

15
Share
Featured

काठमाडौँ । राष्ट्रपतिरामचन्द्र पौडेलले भयरहित वातावरणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास राजनीतिक दल र आमनागरिकलाई गराउन सरकार र सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।

शनिबार (कात्तिक १) राष्ट्रपति भवन शीतलनिवासमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की सहित मन्त्रीहरू समेतको सहभागितामा भएको छलफलमा चारवटै सुरक्षा निकायका प्रमुखलाई उनले यस्तो निर्देशन दिएका हुन् ।

उनले शान्ति सुरक्षा कायम गर्न र भयरहित वातावरणमा निर्वाचन गराउन सुरक्षा निकाय ‘बोल्ड्ली’ रूपमा प्रस्तुत हुन पनि निर्देशन दिएका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

सुरक्षा निकायका प्रमुखले शान्ति सुरक्षा कायम गर्ने र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सुरक्षा निकाय सक्षम रहेको राष्ट्रपति पौडेललाई विश्वास दिलाएका थिए । उनीहरूले योभन्दा कठिन परिस्थितिमा पनि विगतमा शान्तिपूर्वक निर्वाचन सम्पन्न गराएको स्मरण गराए । सुरक्षा निकाय सम्पूर्ण रूपले निर्वाचनका निम्ति तयार रहेको उनीहरूले बताएका थिए ।

छलफलमा प्रधामन्त्री कार्की, अर्थमन्त्रीबाहेक सबै मन्त्रीहरू, प्रधानसेनापति अशोक राज सिग्देल ,नेपाल प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी बल महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीको सहभागिता थियो । न्युज एजेन्सी नेपाल

यो समाचारमा

काठमाडौँरामचन्द्र पौडेलसुशीला कार्कीसशस्त्र प्रहरी बल
नेपाल प्रहरी5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...