एकीकृत समाजवादी पार्टीको किचलोले लियो उग्र रुप : माधवकुमार नेपाल संकटमा, मागे सात नेताले राजीनामा

Author

सजिलो पत्रिका

२०८२ असोज ३०, बिहिबार

59
Share
Featured

नेपालको राजीनामा माग्दै यस्तो आवाज उठाउने नेताहरूमा महासचिव घनश्याम भुसाल, नेतृ रामकुमारी झाँक्री र जीवनराम श्रेष्ठ लगायत सातजना रहेका छन् ।

समाचार सारांशGenerated using AI.

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीमा देखिएको विवाद झन् झन् बढ्दै गएको छ ।

अध्यक्ष माधवकुमार नेपाल ले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) केन्द्रसँग एकता गर्ने तयारी गरेपछि पार्टीका देखिएको किचलो उग्र रुप लिएको हो ।

बुधबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा नेताहरूले जेन-जीहरूको माग पूरा गर्नका लागि नेतृत्व अर्थात् अध्यक्ष माधवकुमार नेपालले मार्ग प्रशस्त गर्नुपर्ने आवाज उठाएका हुन्।

नेपालको राजीनामा माग्दै यस्तो आवाज उठाउने नेताहरूमा महासचिव घनश्याम भूसाल, नेतृ राम कुमारी झाँक्री र जीवनराम श्रेष्ठ लगायत सातजना रहेका छन् ।

अध्यक्ष नेपालको राजीनामा मागिएको कुरा नेतृ झाँक्रीले पुष्टि गरेकी छन् । ‘युवा पुस्ताको मुख्य माग नै अहिले सबै दलका नेतृत्वले मार्ग प्रशस्त गर्नुपर्ने हो’, उनले भनिन्, ‘हामीले बैठकमा के भनेको भने नेतृत्वले मात्रै होइन, मार्ग प्रशस्त गर्नुपरे हामी पनि गर्न तयार छौँ, तर सुरुवात नेतृत्वबाट हुनुपर्छ ।’

नेतृ झाँक्रीले युवाहरूको माग पार्टीले सम्बोधन गर्नुपर्ने कुरामा कञ्जुस्याइँ गर्न नहुने कुरा पनि बुधबारको बैठकमा राखिएको जानकारी दिएकी छन् ।

बैठकमा बोलेका अधिकांश नेताहरूले अध्यक्ष नेपाललाई आफूमाथि लागेको आरोप खण्डन गर्नुभन्दा पुष्टि नहुन्जेलसम्म मार्ग प्रशस्त गर्न भनेका थिए ।उनीहरूले भ्रष्टाचार मुद्दा लागेको सन्दर्भमा पनि अदालतबाट निरुपण नहुन्जेल अध्यक्ष नेपालले नेतृत्वबाट विश्राम लिनुपर्ने कुरा उठाएका छन् ।

बुधबार विवाद र तनावबीच सकिएको स्थायी कमिटी बैठकले बिहीबारका लागि भर्चुअल बैठक तय गरेको थियो । तर नेताहरूबीचको तिक्ताका कारण उक्त बैठक स्थगित भएको छ । अब आगामी कात्तिक १२ र १३ मा केन्द्रीय कमिटी बैठक आलोकनगरमै बस्ने उपाध्यक्ष प्रकाश ज्वालाले बताए ।


माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चाका दलहरूबीच एकताको गृहकार्य भइरहेका बेला नेकपा एसले पूर्वनिर्धारित बैठक स्थगित गरेको हो ।


यो समाचारमा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)घनश्याम भूसालराम कुमारी झाँक्री
माधवकुमार नेपाल4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...