प्रधानमन्त्री कार्की भन्छिन्– 'अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैन'

Author

सजिलो पत्रिका

२०८२ असोज ३०, बिहिबार

19
Share
Featured
  • प्रधानमन्त्री सुशीला कार्कीले अदालतको सेवा एक दिन पनि रोक्न नहुने बताउँदै वैकल्पिक व्यवस्थाका लागि त्वरित कदम चाल्ने निर्देशन दिएकी छन्।
  • काठमाडौं जिल्ला अदालतको भवन क्षतिग्रस्त भएपछि बबरमहलस्थित नागरिक उड्डयन प्राधिकरणको भवन अस्थायी रूपमा प्रयोग गर्ने समझदारी भएको छ।
  • उक्त निर्णयले अदालतको सेवा निरन्तरता र न्यायिक कार्यसम्पादनमा अवरोध नआउने सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले अदालतको सेवा एक दिन पनि रोक्न नमिल्ने बताएकी छन्। काठमाडौं जिल्ला अदालतको भवन क्षतिग्रस्त भएपछि वैकल्पिक व्यवस्थाका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति र सर्वोच्च अदालतको प्रतिनिधिमण्डलसँगको संयुक्त बैठकमा उनले यस्तो धारणा राखेकी हुन्।

प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार, बैठकमा काठमाडौं जिल्ला अदालतको भवन क्षतिग्रस्त भएपछि वैकल्पिक व्यवस्थाका लागि छलफल भएको थियो। सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले नागरिक उड्डयन प्राधिकरणको बबरमहलस्थित भवन उपलब्ध गराउन आग्रह गरेका थिए।

सोही सन्दर्भमा प्रधानमन्त्री कार्कीले अदालतको सेवा रोक्न नमिल्ने भएकाले प्राधिकरणको भवन उपलब्ध गराउन निर्देशन दिइन्। प्राधिकरणले तत्कालका लागि सशर्त भवन उपलब्ध गराउने समझदारी बनेको छ। प्रधानमन्त्री कार्कीले अदालत र प्राधिकरणबीच समझदारी गरी भवन उपलब्ध गराउन निर्देशन दिएकी थिइन्। यस निर्णयले अदालतको कार्यसम्पादनमा निरन्तरता सुनिश्चित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

यो समाचारमा

सुशीला कार्कीसर्वोच्च अदालतकाठमाडौँनेपाल नागरिक उड्डयन प्राधिकरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रश्न उठ्दा स्टण्टले छोप्ने शैली पुरानो भयो- सांसद गुरुङ

    काठमाडौं । नेपाली काँग्रेसकी सांसद गीता गुरुङले सरकारले आफूमाथि उठेका प्रश्नहरूलाई 'स्टण्ट' मार्फत विषयान्तर गर्न खोजेको आरोप लगाएकी छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जनतामा रहेको आशा विस्तारै निराशामा बदलिँदै गएको टिप्पणी गरिन्।सांसद गुरुङले प्रधानमन्त्री बालेन्द्र शाहको युवा नेतृत्वमाथि जनताले ठूलो विश्वास गरे पनि अहिले त्यो आशा निराशामा परिणत हुन

    Data is loading...

    Loading brands...

    Loading footer...