आइसिसी टी-२० विश्वकप

टी–२० विश्वकप छनोट: ओमानमाथि ३८ रनको जित, शीर्ष स्थानमा नेपाल

Author

सजिलो पत्रिका

२०८२ असोज ३०, बिहिबार

19
Share
Featured
  • सुपर-६ मा लगातार तेस्रो जितसहित नेपाल ८ अंकसहित शीर्ष स्थानमा पुगेको छ । अब सामोआलाई शुक्रबार पराजित गर्न सके नेपालले छनोटको उपाधि जित्नेछ।
  • नेपाल र ओमानले अन्तिम दुई खेलअघि नै फेब्रुअरी–मार्च २०२५ मा भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा स्थान सुनिश्चित गरिसकेका छन्।
  • नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याउँदै ओमान ११३ रनमा समेटियो। गुल्झन झाले ३ विकेट लिए भने कुशल भुर्तेलले ६९ रनसहित उत्कृष्ट ब्याटिङ गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटअन्तर्गत सुपर-६ को खेलमा लगातार तेस्रो खेलमा निकालेसँगै नेपाल उपाधि नजिक पुगेको छ। यसअघि नै टी-२० विश्वकपमा छनोट भइसकेको नेपालले बुधबार राति घरेलु टोली ओमानलाई ३८ रनले पराजित गर्दै ८ अंक पुर्‍याउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो। दोस्रो स्थानको ओमानको ६ अंक छ।

जारी प्रतियोगितामा समूह चरणका दुई खेल र सुपर-६ का तीन खेल गरी नेपाल लगातार पाँच खेलमा अपराजित छ। अब सुपर-६ को अन्तिम दिन शुक्रबार नेपालले सामोआसँग खेल्नेछ। सो खेलमा जित निकाले नेपालले छनोटको उपाधि जित्नेछ। 

यसअघि बुधबार दिउँस युएईले सामोआलाई पराजित गरेपछि नेपाल र ओमान अन्तिम दुई खेलअघि नै आगामी फेब्रुअरी-मार्चमा भारतश्रीलंकामा हुने आइसिसी टी-२० विश्वकपमा पुगेका थिए। अब युएई र जापान मध्ये एक टोली एसियाबाट विश्वकपमा पुग्नेछ।

बुधबार नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले ९ विकेटको क्षतिमा ११३ रन मात्र जोड्न सक्यो।ओमानका लागि विनायक शुक्लाले सर्वाधिक ३२ रन बनाउँदा अरु ब्याटर चल्न सकेनन्। 

बलिङमा नेपालका गुल्शन झाले ३ विकेट लिए। सोमपाल कामी र नन्दन यादवको नाममा २-२ विकेट रह्यो। सन्दीप लामिछानेले १ विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले डाइरेक्ट हिटमार्फत् एक रनआउट गरे त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १५१ रन जोड्यो। नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका थिए। कुशलले ६९ रन जोड्ने क्रममा ५१ बलमा ७ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर आसिफ शेखले २४ रन जोडेका थिए। 

तर रोहित पौडेल १ रन, दीपेन्द्रसिंह ऐरी २ रन र कुशल मल्ल ७ रनमा आउट हुँदा नेपालले मध्य ओभरमा दबाब झेल्न परेको छ। आदिल अन्सारीले १५ बलमा १६ रन र गुल्झन झाले १८ रन बनाएका थिए। आदिलले १५ बलमा ३ चौका र गुल्झनले १० बलमा २ छक्का प्रहार गरे। नन्दन यादवले ९ रन जोड्दा सोमपाल कामी १ रन र लोकेश बम शून्यमा आउट भए। बलिङमा ओमानका नदीम खानले ४ विकेट लिएका थिए।

यो समाचारमा

सन्दीप लामिछानेभारतओमानदिपेन्द्र सिंह ऐरी
सोमपाल कामी9 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...