मधेस प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि आज अपराह्न ४ बजेसम्म दाबी पेस गर्न आह्वान

Author

सजिलो पत्रिका

२०८२ असोज २९, बुधबार

20
Share
Featured
  • मधेस प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने समय आज (बुधबार) अपराह्न ४ बजेसम्म तोकिएको छ।
  • मुख्यमन्त्री सतीशकुमार सिंहले मंगलबार राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ दाबी माग गरेकी हुन्।
  • विभिन्न दलबीच बहुमत जुटाउने प्रयास तीव्र भएको छ, जसले मधेस प्रदेशको आगामी राजनीतिक दिशा तय गर्नेछ।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ 

मधेश प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न आज (बुधबार, २९ असोज) अपराह्न ४ बजेसम्मको समय सीमा तोकिएको छ। यसअघिका मुख्यमन्त्री सतिश कुमार सिंहले मंगलबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेकी हुन्।

आज अपराह्न ४ बजेभित्र प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा दाबी पेस गर्न भनिएको छ।

निमित्त सचिव शत्रुधन यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई असोज २९ गते बुधबार दिउँसो ४ बजेभित्र दाबी पेस गर्न जानकारीका लागि अनुरोध छ।’

नयाँ मुख्यमन्त्रीका लागि विभिन्न दलहरूबीच छलफल र दौडधुप तीव्र भएको छ। आजको समयसीमाभित्र कसले बहुमतको दाबी पेस गर्छ भन्ने कुराले मधेस प्रदेशको आगामी राजनीतिक दिशा निर्धारण गर्नेछ।

यो समाचारमा

काठमाडौँसतिश कुमार सिंहमधेश प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...