काठमाडौँ प्रशासन कार्यालयमा आजदेखि राहदानी सेवा पुनः सुरु, दुई सिफ्टमा सञ्चालन हुने

Author

सजिलो पत्रिका

२०८२ असोज २९, बुधबार

21
Share
Featured
  • जिल्ला प्रशासन कार्यालय काठमाडौंले भदौ २३–२४ को आगजनीपछि रोकिएको राहदानी सेवा आजदेखि पुनः सुरु गरेको छ।
  • सेवा बिहान ७ देखि साँझ ७ बजेसम्म दुई सिफ्टमा सञ्चालन हुनेछ, सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार।
  • आवेदनका लागि अनलाइन स्लट साँझ ५ बजे खुल्नेछ र सेवाग्राहीले फारममा तोकिएको समयमा उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ। 

जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि राहदानी आवेदनसम्बन्धी सेवा पुनः सुरु गर्दैछ। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा कार्यालयको भवनमा भएको आगजनी र तोडफोडका कारण सेवा प्रभावित भएको थियो।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना प्रकाशित गरी राहदानी आवेदनसम्बन्धी सेवा आज बिहान ७ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म दुई सिफ्टमा सञ्चालन हुने जनाएको छ। काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी मुक्तिराम रिजालका अनुसार आजदेखि राहदानी सेवा दुई सिफ्टमा सञ्चालन हुनेछ।

सीमित आवेदन स्टेशनबाट सुरु गर्न लागिएको सो सेवाका लागि आवेदन गर्न साँझ ५ः०० बजे अनलाइन स्लट खुल्नेछ। सेवाग्राहीको अत्यधिक चाप र सीमित आवेदन स्टेशन भएकाले सेवाग्राहीहरू आवेदन फारममा उल्लेख भएको समयमा उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ। यसले सेवाग्राहीलाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पहिरो र लेदो हटाएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा

    काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीस्थित विरुवाडाँडा र आसपासका क्षेत्रमा खसेको पहिरो तथा लेदो हटाएपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। शुक्रबार रातिको वर्षाका कारण सडकमा लेदो र सुख्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडकमा थुप्रिएको अवरोध हटाएपछि केहीबेरअघि मात्रै यातायात सुचारु

    Data is loading...

    Loading brands...

    Loading footer...