यस्तो छ जेन-जी आन्दोलनपछि देउवाको पहिलो १५ बुँदे सम्बोधन

Author

सजिलो पत्रिका

२०८२ असोज २८, मङ्गलबार

22
Share
Featured

९. पार्टी एकताको आवश्यकता : भित्री मतभेद र असहमति थाती राखेर पार्टी एकताबद्ध हुनुपर्ने जोड।

१०. नेतृत्व हस्तान्तरणको घोषणा : देउवाले १५औं महाधिवेशनमा सभापति पदबाट हट्ने र नयाँ नेतृत्व आउने स्पष्ट संकेत।

११. संविधान र लोकतन्त्र जोखिममा रहेको चेतावनी : प्रतिनिधि सभा विघटन असंवैधानिक भएको र संविधान संकटमा परेको भनाइ।

१२. स्वतन्त्र र निष्पक्ष निर्वाचनको माग : आगामी निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा गर्न सरकारलाई आग्रह।

१३. अन्य दलसँग सहकार्यको आवश्यकता : राष्ट्रिय संकट समाधानका लागि अन्य राजनीतिक दलहरूसँग संवाद र सहकार्यको प्रस्ताव।

समाचार सारांशGenerated using AI.

काठमाडौं, नेपाली काँग्रेसका सभापति शेर बहादुर देउबाले भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि पहिलो पटक सानेपा पुगेर सम्बोधन गरेका छन् ।

जेन-जी आन्दोलनका क्रममा निजी निवास बूढानीलकण्ठमै कुटाईसमेत खाएका उनले सम्बोधनका क्रममा तत्कालै सभापति पद नछाड्ने बताए ।

उनले उपचारका लागि सिंगापुर जानुपर्ने भएकाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति बनाए पनि मंसिरमा हुने भनिएको १५ औँ महाधिवेशनबाट मात्रै नेतृत्व हस्तान्तरण गर्ने बताए ।

गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि पहिलोपटक केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक भएका उनले लिखित सम्बोधन गरेर विभिन्न सन्देश दिएका छन ।

देउवाले कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सम्बोधनका क्रममा जेन-जी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाले देशलाई नै स्तब्ध बनाएको बताए ।

राज्यका संरचनामाथि भएका आक्रमणलाई उनले इतिहासकै डरलाग्दो भने । ‘राष्ट्रपतिको कार्यालयदेखि विभिन्न मन्त्रालय, अदालत, प्रहरी कार्यालय र सञ्चार गृहसम्म आक्रमण भएको भन्दै यो नेपालको इतिहासकै डर लाग्दो घटना थियो’, उनले भने ।

उनले उक्त घटनाकमो सत्य तथ्य छानबिनको माग गरेका छन् । ‘सबै हिंसात्मक घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानूनी कारबाही गरिनुपर्छ’, उनले भने ।

देउवाले उक्त संकटका समयमा राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाको प्रशंसा गरे । ‘संकटको समयमा राष्ट्रपति रामचन्द्र पौडेलको परिपक्व भूमिकाले मुलुक ठूलो दुर्घटनाबाट जोगिएको छ’, देउवाले थपे ।

१५ बुँदामा बुझौँ देउवाको सम्बोधनलाई


१. भदौ २३ र २४ का घटनाप्रति दुःख व्यक्त : जेन–जी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाले देशलाई स्तब्ध बनाएको भन्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूको स्वास्थ्यलाभको कामना ।

२. आक्रमण र क्षति : नेपाली कांग्रेसको केन्द्रीय कार्यालयसहित ४८ जिल्लाका कार्यालय र करिब १२५ जना नेताको घरमा तोडफोड, लुटपाट र आगजनी भएको उल्लेख।

३. राज्यका संरचनामाथि आक्रमण : राष्ट्रपतिको कार्यालयदेखि विभिन्न मन्त्रालय, अदालत, प्रहरी कार्यालय र सञ्चार गृहसम्म आक्रमण भएको भन्दै यो नेपालको इतिहासकै डर लाग्दो घटना भएको टिप्पणी।

४. सत्य तथ्य छानबिनको माग : सबै हिंसात्मक घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानूनी कारबाही गर्न माग।

५. राष्ट्रपतिको भूमिकाको प्रशंसा : संकटको समयमा राष्ट्रपति रामचन्द्र पौडेलको परिपक्व भूमिकाले मुलुक ठूलो संकटबाट जोगिएको भनाइ।

६. जेन-जीको माग सम्बोधन गर्नुपर्ने धारणा : सुशासन र भ्रष्टाचारविरुद्ध युवाको जायज मागलाई सम्बोधन गर्नुपर्ने, तर हिंसा योजनाबद्ध भएको संकेत।

७. देशका अंगहरूको मनोबल उच्च राख्ने आग्रह : अदालत, सुरक्षाकर्मी र प्रशासनका मनोबल कमजोर भएको भन्दै सबैले संयम र दृढता देखाउन अपिल।

८. कांग्रेसको ऐतिहासिक भूमिका स्मरण : ८० वर्षदेखि लोकतन्त्र, राष्ट्रिय एकता र जनताको आस्थाको केन्द्रका रूपमा कांग्रेस रहेको दाबी।

९. पार्टी एकताको आवश्यकता : भित्री मतभेद र असहमति थाती राखेर पार्टी एकताबद्ध हुनुपर्ने जोड।

१०. नेतृत्व हस्तान्तरणको घोषणा : देउवाले १५औं महाधिवेशनमा सभापति पदबाट हट्ने र नयाँ नेतृत्व आउने स्पष्ट संकेत।

११. संविधान र लोकतन्त्र जोखिममा रहेको चेतावनी : प्रतिनिधि सभा विघटन असंवैधानिक भएको र संविधान संकटमा परेको भनाइ।

१२. स्वतन्त्र र निष्पक्ष निर्वाचनको माग : आगामी निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा गर्न सरकारलाई आग्रह।

१३. अन्य दलसँग सहकार्यको आवश्यकता : राष्ट्रिय संकट समाधानका लागि अन्य राजनीतिक दलहरूसँग संवाद र सहकार्यको प्रस्ताव।

१४. व्यक्तिगत आक्रमणको अनुभव : भदौ २४ को घटनामा आफ्नै घरमा आक्रमण, तोडफोड र आगजनी भएको उल्लेख गर्दै त्यसलाई ‘व्यक्तिगत नभई प्रणालीमाथिको आक्रमण’ भनेका छन्।

१५. पार्टी एकता र आगामी महाधिवेशन : पार्टीलाई एकताबद्ध राख्दै १५औं महाधिवेशन समयमा सम्पन्न गर्ने तयारी र उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकिएको घोषणा।

यो समाचारमा

नेपाली काँग्रेसरामचन्द्र पौडेलशेर बहादुर देउबा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...