आज विश्वासको मत लिँदै मधेश मुख्यमन्त्री सिंह

Author

सजिलो पत्रिका

२०८२ असोज २८, मङ्गलबार

15
Share
Featured
  • मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले असोज २८ गते प्रदेश सभामा विश्वासको मत लिन लागेका छन्।
  • सिंहले गत भदौ ३१ मा आफ्नो दल जनमतबाट समर्थन फिर्ता भएको पत्र प्राप्त गरेपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था लागू भएको हो।
  • उनी जेनजी आन्दोलनको समयमा राजीनामा घोषणा गरेका थिए, तर अन्तरिम सरकार गठनपछि मुख्यमन्त्री पदमा फर्किएका थिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज असोज २८ गते विश्वासको मत लिँदैछन् । आज दिउँसो एक बजे बस्ने प्रदेश सभा बैठकमा मधेशका मुख्यमन्त्री सिंहले विश्वासको मत लिन लागेका हुन् ।

गत शुक्रबार मुख्यमन्त्री सिंहले मधेश प्रदेश सभालाई एक पत्र लेख्दै विश्वासको मत लिनका लागि वातावरण मिलाइदिन पत्र पठाएका थिए । सोही अनुसार आज असोज २८ गते प्रदेश सभा बैठक बोलाइएको मधेश प्रदेश सभाका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए ।

गत भर्दा २३ र २४ गतेको जेनजी आन्दोलन चर्किएको समयमा सिंहले मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गरेका थिए । तर अन्तरिम सरकार गठनपछि उनले एकाएक कुरा फेरेका थिए । उनले त्यसदिन विषम परिस्थितिमा कसैको जनधनको क्षति नहोस् भनेर फेसबुकमा राजीनामा लेखेको बताउँदै आएका छन् ।

बोली फेरेपछि आफ्नै दल जनमतले गत ३१ भदौमा मधेश प्रदेश सभामा सभामुखलाई सम्बोधन गरेर मुख्यमन्त्री तथा मन्त्रीसहित सरकारबाट समर्थन फिर्ता लिएको पत्र बुझाएको थियो । सो मितिबाट ३० दिनभित्र मधेशका मुख्यमन्त्री सिंहले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था आइलागेको हो ।

यो समाचारमा

काठमाडौँमधेश प्रदेशसतिश कुमार सिंह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...