पूर्वराजदूत गोदारद्वारा विपिन जोशीप्रति श्रद्धाञ्जली: 'ऊर्जावान र क्षमतावान युवा' को आशा समाप्त

Author

सजिलो पत्रिका

२०८२ असोज २८, मङ्गलबार

24
Share
Featured
  • इजरायली पूर्वराजदूत हानान गोदारले हमास आक्रमणमा ज्यान गुमाएका नेपाली युवक विपिन जोशीप्रति सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरेका छन्।
  • गोदारले विपिनलाई “ऊर्जावान र क्षमतावान युवा” भन्दै स्मरण गर्दै दुई वर्षको आशा अब समाप्त भएको बताएका छन्।
  • विपिन सन् २०२३ मा लर्न एण्ड अर्न कार्यक्रमअन्तर्गत इजरायल गएका कृषि विद्यार्थी थिए; हमासले किबुत्ज क्षेत्रबाट अपहरण गरेको चार बन्धकको शव फिर्ता गर्दा डीएनए परीक्षणपछि औपचारिक पहिचान गरिनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपालका लागि इजरायली पूर्वराजदूत हानान गोदारले हमास आक्रमणमा ज्यान गुमाएका नेपाली युवक बिपिन जोशीप्रति गहिरो श्रद्धाञ्जली अर्पण गरेका छन्। गोदारले सामाजिक सञ्जाल फेसबुकमा विपिनसँगको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खिचिएको तस्वीर सार्वजनिक गर्दै उनलाई “ऊर्जावान र क्षमतावान युवा” भनेर स्मरण गरेका हुन्।

पूर्वराजदूत गोदारले लेखेका छन्, ‘दुई वर्षको आशा आज अन्त्य भयो। विपिन ऊर्जावान र क्षमतावान युवा विद्यार्थी थिए, जो आफ्नो परिवार, समुदाय र देशका लागि राम्रो गर्न चाहन्थे। उनी सधैं मेरो स्मृतिमा रहनेछन्।’

गोदारका अनुसार विपिनलाई उनले इजरायलको लर्न एण्ड अर्न कार्यक्रममा सहभागी हुनुअघि विमानस्थलमा भेटेका थिए। त्यतिबेला विपिनले देश र परिवारका लागि केही गर्ने दृढ इच्छा व्यक्त गरेका थिए।

सन् २०२३ अक्टोबरमा हमासले इजरायलको किबुत्ज क्षेत्रमा आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने विपिन जोशी वेपत्ता भएका थिए। इजरायलस्थित नेपाली राजदूतावासका अनुसार डिएनए परीक्षणपछि शवको औपचारिक पहिचान गरी परिवारलाई हस्तान्तरण गरिने छ। हमासले गएराति इजरायललाई चार बन्धकको शव फिर्ता गरेको हो, जसमध्येका एक विपिन जोशी हुन्।

कञ्चनपुर जिल्लाको भीमदत्तनगर नगरपालिकाका जोशी कृषि अध्ययनरत विद्यार्थी थिए। उनी लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत सन् २०२३ मा इजरायल पुगेका थिए। उनी इजरायल र गाजा सीमा क्षेत्रको किबुज अलुमिम क्षेत्रमा थिए, जहाँबाट ७ अक्टोबर २०२३ मा उनलाई अपहरण गरिएको थियो।

यो समाचारमा

बिपिन जोशीकञ्चनपुर जिल्लाइजरायलत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
काठमाडौँ5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...