सुन तस्करी प्रकरण: पूर्वसभामुख महराको थुनछेक बहस आज

Author

सजिलो पत्रिका

२०८२ असोज २८, मङ्गलबार

13
Share
Featured
  • सुन तस्करी प्रकरणका मुख्य आरोपी पूर्वसभामुख कृष्णबहादुर महरामाथि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस आज हुँदैछ, जसपछि धरौटीमा छुट्ने कि थुनामै रहने निर्णय आउनेछ।
  • महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो र ३ वर्षभन्दा बढी कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएको छ; उनी भेपमा लुकाएर ल्याइएको सुन विमानस्थलबाट छुटाउन दबाब दिएको आरोपमा छन्।
  • सीआईबीले उनलाई २०७९ चैतमा पक्राउ गरी बयानपछि जमानीमा रिहा गरेको थियो; सुशीला कार्कीको मन्त्रिपरिषद् र सीआईबी नेतृत्व परिवर्तनपछि १८ महिनापछि पुन: पक्राउ भएको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सुन तस्करी प्रकरणका आरोपी पूर्वसभामुख कृष्ण बहादुर महरामाथिको थुनछेक बहस आज (मंगलबार) काठमाडौं जिल्ला अदालतमा हुँदैछ। आजको बहसपछि उनी धरौटीमा छुट्ने कि थुनामै रहने भन्ने आदेश आउनेछ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आइतबार पक्राउ गरेका महराविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले असोज २७ गते मुद्दा दर्ता गरेको थियो। महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी कैद सजाय माग दाबी गरिएको छ।

उनीमाथि विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप लागेको छ। २०७९ पुस १० मा फ्लाई दुबईको फ्लाइट एफजेट ०५८७ नम्बरबाट काठमाडौं आएका चिनिया राहदानीबाहक ली हान सोङले ल्याएका दुई सुटकेसमा भेप देखिपछि विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो।

सीआईबीले महरालाई २०८० चैत ५ मा पनि पक्राउ गरेको थियो। त्यसबेला बयान प्रक्रिया पूरा गरेर उनी हाजिर जमानीमा रिहा भएका थिए। सुशीला कार्कीको नेतृत्वमा अन्तरिम मन्त्रिपरिषद् गठन र सीआईबीको नेतृत्व परिवर्तन भएसँगै महरा १८ महिनापछि पुन: पक्राउ परेका हुन्।

यो समाचारमा

नेपाल प्रहरीकृष्ण बहादुर महराकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...