आइसिसी टी–२० विश्वकप नजिक नेपाल: कतारलाई हराउँदै सुपर सिक्समा लगातार दोस्रो जित

Author

सजिलो पत्रिका

२०८२ असोज २८, मङ्गलबार

22
Share
Featured
  • आइसिसी टी–२० विश्वकप एशिया छनोटको सुपर सिक्समा नेपालले कतारलाई ५ रनले पराजित गर्दै विश्वकप नजिक पुगेको छ।
  • सन्दीप लामिछानेले ३.५ ओभरमा १८ रन खर्चेर ५ विकेट लिए — उनको टी–२० अन्तर्राष्ट्रिय करियरको दोस्रो पाँच विकेट उपलब्धि हो।
  • सुपर सिक्समा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ र अब ओमानसँगको खेल विश्वकप छनोटका लागि निर्णायक हुने छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आइसिसी टी–२० विश्वकप एशिया छनोटको सुपर सिक्समा कतारलाई ५ रनले हराएसँगै नेपाल टी–ट्वान्टी विश्वकपको अझ नजिक पुगेको छ। हिजो भएको रोमाञ्चक खेलमा नेपालले कतारमाथि जित दर्ता गरेको हो।

नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ५ बलमा १४२ रनमा अलआउट भयो। नेपालको जितमा लेग स्पिनर सन्दीप लामिछानेको प्रदर्शन उत्कृष्ट रह्यो। उनले ३ ओभर ५ बल बलिङ गर्दै १८ रन खर्चेर ५ महत्वपूर्ण विकेट लिए। टी–२० अन्तर्राष्ट्रियको एकै खेलमा ५ विकेट लिएको सन्दीप लामिछानेको यो दोस्रो पटक हो।

त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४७ रन बनाएको थियो।

सुपर सिक्समा नेपालको यो लगातार दोस्रो जित हो। यसअघि नेपालले पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई १ रनले हराएको थियो। सुपर सिक्समा नेपाल र ओमानको समान ६ अंक छ।

नेपालले भोलि (बुधबार) ओमानसँग खेल्नेछ। यो खेल विश्वकप छनोटका लागि निर्णायक बन्नेछ। नेपालले अन्तिम खेल आउँदो शुक्रवार सामाओसँग खेल्ने तालिका छ।

यो समाचारमा

कतारकाठमाडौँसंयुक्त अरब इमिरेट्ससन्दीप लामिछाने
नेपाल4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...