सुन तस्करी प्रकरणमा पूर्वसभामुख महराविरुद्ध मुद्दा दायर

Author

सजिलो पत्रिका

२०८२ असोज २७, सोमबार

14
Share
Featured
  • पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष कृष्ण बहादुर महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा भन्सार छली र संगठित अपराधको मुद्दा दर्ता भयो।
  • उनी ९ किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा ८.५ करोड रुपैयाँ बिगो र ३ वर्षभन्दा बढी कैद सजाय मागको सामना गर्दैछन्।
  • महरालाई आइतबार पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको हो; यसअघि २०८० चैतमा पनि उनी नियन्त्रणमा लिइएको थियो।
समाचार सारांशGenerated using AI.

काठमाडौं ।

पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष कृष्ण बहादुर महराविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

सोमबार उनी विरुद्ध भन्सार छलेको र संगठित अपाराध गरेको आरोपमा भन्सार ऐन, २०६४ र संगठित अपराध निवारण ऐन, २०७० मा टेकेर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको हो । 

महरासँग ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय मागदाबी गरेको छ । २०७९ सालमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याएको ९ किलो सुन तस्करीमा महरा संलग्न रहेको आरोप रहेको छ। 

उनलाई आइतबार पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको हो।  यसअघि महरालाई २०८० चैतमा पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।



यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...