एमालेद्वारा संसद् विघटन असंवैधानिक ठहर, पुनर्स्थापनाको माग गर्दै अदालत जाने

Author

सजिलो पत्रिका

२०८२ असोज २७, सोमबार

22
Share
Featured
  • नेकपा एमालेले हालैको संसद् विघटनलाई असंवैधानिक ठहर गर्दै अदालतमा रिट दायर गर्ने निर्णय गरेको छ।
  • पार्टी सचिवालय बैठकले संसद् पुनर्स्थापना र संवैधानिक व्याख्या माग गर्दै न्यायिक बाटो अपनाउने निर्णय गरेको हो।
  • एमालेले संसद् विघटनलाई ‘संवैधानिक संकट’ ठानेको र अहिलेको राजनीतिक गतिविधि चुनावमुखी नभएको बताएको छ
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले हालै भएको संसद् विघटनलाई असंवैधानिक ठहर गर्दै अदालत जाने निर्णय गरेको छ। भक्तपुर को गुण्डुमा आइतबार बसेको पार्टी सचिवालय बैठकले अदालत खुल्नेबित्तिकै संवैधानिक व्याख्यासहित संसद् पुनर्स्थापनाको माग गर्दै रिट दायर गर्ने निर्णय गरेको हो।

बैठकपछि एमाले उपमहासचिव ले संसद् विघटन कुनै पनि हालतमा संविधानअनुकूल नभएको दाबी गर्दै त्यसको न्यायिक समाधानको बाटो अपनाउने निर्णय भएको जानकारी दिए।

‘अहिलेका कुनै पनि राजनीतिक गतिविधि चुनावमुखी छैनन्,’ ज्ञवालीले भने, ‘यो विघटन नै असंवैधानिक भएकाले त्यसको पुनर्स्थापना हुनुपर्छ भन्ने हाम्रो माग हो। अदालत खुलोस्, अनि हामी जान्छौं।’

एमालेका शीर्ष नेताहरूले संसद् विघटनपछि उत्पन्न राजनीतिक अवस्थालाई ‘संवैधानिक संकट’ का रूपमा लिएका छन्।

यो समाचारमा

काठमाडौँभक्तपुरनेपाल कम्युनिष्ट पार्टी (एमाले)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...