जुम्लाको गुठिचौर गाउँपालिकामा खाना र इन्धनमा मात्रै ५६ लाख भन्दा बढी खर्च

Author

सजिलो पत्रिका

२०८२ असोज २५, शनिबार

21
Share
Featured
  •  गुठिचौर गाउँपालिकाले ५६ लाख रुपैयाँ अनुत्पादक खर्च गरेको, जसमा खाना र इन्धन समावेश छ।
  •  ३३ लाख ५८ हजार इन्धन खर्च भएता पनि गाडीका अभिलेख राखिएको छैन।
  •  असुल बेरुजु रकममा ढिलाइ भइरहेको र स्थानीयहरूले पारदर्शिता सुधारको माग गरेका छन्।
समाचार सारांशGenerated using AI.

मुगु

जुम्लाको गुठीचौर गाउँपालिकाले आर्थिक वर्ष २०८०-८१ मा खाना, इन्धन र विविध खर्चमा करिब ५६ लाख रुपैयाँ खर्च गरेको खुलासा भएको छ ।

पालिकाको आन्तरिक स्रोतको भन्दा कैयौँ गुणा बढी रकम अनुत्पादक खर्चमा प्रयोग गरिएको भन्दै स्थानीयवासीले त्यसको आलोचना गरेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार, आन्तरिक आयको परिधिभित्र रही औचित्यका आधारमा मात्र विविध खर्च गर्नुपर्ने व्यवस्था छ । तर गुठिचौर गाउँपालिकाले सो प्रावधान विपरीत खाना तथा विविधतर्फ २३ लाख ११ हजार रुपैयाँ खर्च गरेको तथ्यांक सार्वजनिक भएको हो ।

त्यस्तै, इन्धन खर्च पनि अत्यधिक रहेको पाइएको छ । पालिकाले कार्यालय प्रयोजनका लागि ३३ लाख ३५ हजार र अन्य प्रयोजनका लागि २२ हजार गरी ३३ लाख ५८ हजार रुपैयाँ इन्धनमा खर्च गरेको छ ।

तर खर्चका क्रममा कुन गाडी वा मोटरसाइकलका लागि इन्धन प्रयोग गरिएको हो भन्ने अभिलेख नराखिएको उल्लेख गरिएको छ । कार्यालयले इन्धन खर्चका विवरण अभिलेखमा राख्नुपर्ने कानुनी व्यवस्था भए पनि त्यसको पालना नगरेको लेखा परीक्षण प्रतिवेदनमा जनाइएको छ । सोही कारण अनावश्यक खर्च नियन्त्रण गर्न र पारदर्शिता कायम गर्न सुझाव स्थानियहरुले दिएका छन् ।

यसैबीच, असुल बेरुजुका सम्बन्धमा गाउँपालिकाका कर्मचारीदेखि जनप्रतिनिधि सबैका कमीकमजोरी हुँदा रकम असुल्नुभन्दा तैँ चुप मै चुपको अवस्था छ । गाउँपालिकाका कर्मचारीदेखि जनप्रतिनिधिसम्मका कमजोरीका कारण बेरुजु रकम असुल नगरी लटकिएको अवस्था रहेको स्रोतले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मायालक्ष्मी बुढाले भने असुल–बेरुजुबारे सम्बन्धित व्यक्तिहरूलाई रकम फिर्ता गर्न जानकारी दिइसकिएको बताइन् । उनले भनिन,“सबैलाई जानकारी गराएका छौँ, तर केहीले रकम फिर्ता गर्न ढिलाइ गरिरहेका छन् ।” स्थानीयहरूले सार्वजनिक स्रोतको दुरुपयोग तत्काल रोक्न र पालिकाको खर्च पारदर्शी बनाउन सरोकार निकायको ध्यानाकर्षण गराएका छन् ।


यो समाचारमा

मुगुगुठीचौर गाउँपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...