चितवन कारागारबाट भागेका १५६ कैदीबन्दी अझै फरार

Author

सजिलो पत्रिका

२०८२ असोज २३, बिहिबार

17
Share
Featured
  • चितवन कारागारबाट भागेका ७४२ कैदीबन्दीमध्ये १५६ जना अझै फरार रहेका छन्।
  • फरारमध्ये ३९ जना जबरजस्ती करणी र ३९ जना लागुऔषध अपराधका कैदीबन्दी छन्, जसमा ११ जना भारतीय पनि समावेश छन्।
  • प्रहरीले खोजी अभियान तीव्र पारेको र हालसम्म २३ जना पुनः पक्राउ गरी कारागार पठाइसकेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।  

जेन-जी आन्दोलनको मौका छोपी जिल्ला कारागार चितवनबाट भागेका ७४२ जना कैदीबन्दीमध्ये १५६ जना अझै फरार रहेका छन्। चितवन प्रहरीका अनुसार, फरार हुनेहरूमा सबैभन्दा धेरै जबरजस्ती करणी र लागुऔषध अपराधका कैदीबन्दी रहेका छन्।

फरार रहेकामध्ये ३९ जना जबरजस्ती करणी मुद्दाका (४ भारतीयसहित) र ३९ जना लागुऔषध अपराधका (६ भारतीयसहित) कैदीबन्दी छन्। यसबाहेक चोरी, कर्तव्य ज्यान, गैँडा तस्करी, अखेटोपहार तस्करी, ठगी, डाँका, बैंकिङ कसुर लगायतका विभिन्न अपराधका कैदीबन्दी पनि समुदायमा नै छन्।

चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले फरार ११ जना भारतीयसहित १४५ जना नेपाली कैदीबन्दीको खोजी तीव्र पारिएको जानकारी दिए। प्रहरीले गत हप्ता २३ जनालाई पक्राउ गरी कारागार फर्काइसकेको छ र बाँकीको खोजीका लागि तीन पुस्ते विवरणसहित अभियान चलाएको छ। एसपी पुरीले फरार कैदीबन्दीलाई छिट्टै नियन्त्रणमा लिने बताएका छन्।

यो समाचारमा

चितवनकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...