दार्जिलिङमा पहिरोमा परी २३ नेपालीको मृत्यु, मृत्यु हुनेको संख्या अझैं बढ्ने अनुमान

Author

सजिलो पत्रिका

२०८२ असोज २०, सोमबार

19
Share
Featured
  • पश्चिम बंगालको दार्जिलिङमा निरन्तर वर्षापछि आएको बाढी–पहिरोमा २३ जनाको मृत्यु भयो, जसमा ५ जना नेपाली नागरिक छन्।
  • दार्जिलिङ, मिरिक, खरसाङ, र कालेम्बुङ क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएका छन्, घर र सडकहरूमा ठूलो क्षति पुगेको छ।
  • सयौं पर्यटक अलपत्र परेका छन् र ४० भन्दा बढी स्थानीयलाई राहत शिविरमा राखिएको छ, यता नेपालको इलाममा पनि ३७ जनाको मृत्यु भइसकेको छ।
समाचार सारांशGenerated using AI.

एजेन्सी ।

निरन्तरको बर्षापछि आएको बाढी र पहिरोमा परी भारत पश्चिम बंगालको दार्जिलिङमा मृत्यु हुनेको संख्या २३ पुगेको छ । मृत्यु हुनेको संख्या अझैं बढ्ने अनुमान गरिएको छ । मृत्यु हुनेमा अधिकांश नेपालीभाषी छन् । 

निरन्तर वर्षाका कारण पहाडी शहर र आसपासका क्षेत्रहरूमा एक दशककै सबैभन्दा ठूलो पहिरो गएको छ । पहिरोले घरहरू बगाएको छ, सडकहरूमा क्षति पुगेको छ । दार्जिलिङ, मिरिक, खरसाङ, कालेम्बुङलगायतका क्षेत्रहरु बर्षाले बढी प्रभावित भएका हुन् ।

भारतले नेपालको सिमावर्ती मानेभन्ज्याङमा मृत्यु भएका नेपाली नागरिकहरुको संख्यालाई पनि गणना गरेको छ । जस अनुसार १८ जना भारतीय र ५ जना नेपालीको निधन भएको जनाइएको छ । 

राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ)र पश्चिम बंगालको दार्जिलिङ र जलपाइगुडी जिल्ला प्रशासनद्वारा संकलित प्रतिवेदन अनुसार, धेरै स्थानहरू सरसाली, जसबीरगाउँ, मिरिक बस्ती, धार गाउँ (मेची), मिरिक ताल क्षेत्र र जलपाइगुडी जिल्लाको नागरकाटा क्षेत्रमा मृत्यु हुनेको संख्या धेरै छ । 

पहिरो र बर्षाका कराण सयौं पर्यटकहरू अलपत्र परेका छन् । भारी वर्षाले मिरिक र दुधिया बीचको फलामको पुलमा क्षति पु¥याएको छ ।यता, दार्जिलिङमा गएको विनाशकारी पहिरोबाट विस्थापित ४० भन्दा बढी गाउँलेहरू मिरिकको सामुदायिक हलमा आयोजित राहत शिविरमा आश्रय लिएका छन् । 

प्रभावित गाउँलेहरूमध्ये एक राजन क्षेत्रीले परिवारका सदस्यहरू र आफ्नो घर गुमाएको बताए । आइतबार बाढी प्रभावित क्षेत्रहरुबाट १६० भन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको थियो । यता, दार्जिलिङको सीमावर्ती जिल्ला इलाममा सोही किसिमको बर्षापछिको पहिरोमा परी मृत्यु हुनेको संख्या ३७ नाघिसकेको छ । (एएनआइ)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...