अख्तियारको प्रतिवेदन: पोखरा महानगरपालिकामा सर्वाधिक भ्रष्टाचार उजुरी

Author

सजिलो पत्रिका

२०८२ असोज २०, सोमबार

22
Share
Featured
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आ.व. २०८१/८२ को प्रतिवेदन अनुसार पोखरा महानगरपालिकामा सबैभन्दा धेरै (३८५) उजुरी परेका छन् भने रौतहटको कटहरिया नगरपालिकामा सबैभन्दा कम (१६९) उजुरी परेका छन्।
  • स्थानीय तहसँग सम्बन्धित उजुरी कुल १९,९३३ मध्ये, मधेश प्रदेशमा सबैभन्दा बढी (३५.४८%) र गण्डकी प्रदेशमा सबैभन्दा कम (७.१२%) उजुरी परेको छ।
  • समग्रमा आयोगमा ३७,०२६ उजुरी दर्ता भएका थिए; जसमा ५३.८४% स्थानीय तह, ३३.६९% संघ सरकार, र १२.४७% प्रदेश सरकारसँग सम्बन्धित थिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन अनुसार, कास्कीको पोखरा महानगरपालिकामा भ्रष्टाचार तथा अनियमिततासँग सम्बन्धित सबैभन्दा धेरै उजुरी परेका छन्। पोखरामा कुल ३८५ उजुरी दर्ता भएका छन्।

यसको विपरीत, रौतहट जिल्लाको कटहरिया नगरपालिकामा सबैभन्दा कम १६९ वटा उजुरी परेका छन्।

प्रतिवेदनले स्थानीय तहसँग सम्बन्धित कुल १९ हजार ९३३ उजुरीमध्ये मधेश प्रदेशमा सबैभन्दा बढी (३५.४८%) र गण्डकी प्रदेशमा सबैभन्दा कम (७.१२%) उजुरी परेको देखाएको छ।

पोखरापछि काठमाडौँ महानगरपालिकामा ३८१ उजुरी र को छिपहरमाई गाउंपालिकामा २९८ उजुरी परेका छन्।

समग्रमा, आव २०८१/८२ मा आयोगमा कुल ३७ हजार २६ वटा उजुरी दर्ता भएका थिए। बागमती प्रदेशमा सबैभन्दा बढी (३०.४६%) र गण्डकी प्रदेशमा सबैभन्दा कम (६.५२%) उजुरी परेका छन्। कुल उजुरीमध्ये ५३.८४% स्थानीय तहसम्बद्ध, ३३.६९% सङ्घ सरकारसम्बद्ध र १२.४७% प्रदेश सरकारसम्बद्ध रहेका छन्। गोरखापत्रबाट

यो समाचारमा

काठमाडौँ महानगरपालिकापोखरा महानगरपालिकाछिपहरमाई गाउंपालिकाकास्की
कटहरिया नगरपालिका9 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सरकारी कर्मचारीलाई रक्सी-चुरोट खान निषेध !

    काठमाडौँ।सरकारले सरकारी कर्मचारीहरूलाई धूम्रपान र मध्यपानमा निरुत्साहित गर्न नयाँ आचारसंहिता जारी गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको आचारसंहिताको दफा ६(झ) मा कर्मचारीहरूले कार्यालय वा सार्वजनिक स्थलमा मदिरा सेवन गर्न, धूम्रपान गर्न र जुवातास खेल्न नपाउने व्यवस्था गरिएको छ।आचारसंहितामा कर्मचारीले

    Data is loading...

    Loading brands...

    Loading footer...