नारायणगढ–मुग्लिन सडकखण्ड आज बिहान ६ बजेदेखि खुल्यो, सावधानी अपनाउन आग्रह

Author

सजिलो पत्रिका

२०८२ असोज २०, सोमबार

19
Share1
Featured
  • नारायणगढ–मुग्लिन सडकखण्ड आज बिहान ६ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको छ, र सडकमा हाल कुनै अवरोध छैन।
  • वर्षापछि जमिन कमजोर भएकाले ढुंगा वा पहिरो खस्ने जोखिम कायम छ, त्यसैले यात्रुहरूलाई सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको छ।
  • यात्राको सुरक्षाका लागि राति ९ बजेपछि चितवन प्रवेश नगर्न वा निस्कन सुझाव दिइएको छ, र हिजो राति रोकिएका सवारी साधनहरूलाई आज बिहानबाट गन्तव्यतर्फ पठाइएको छ।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ

चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड आज बिहान ६ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले सडकमा कुनै अवरोध नभएको जनाउँदै सवारी साधनहरूलाई सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ।

असोज १७ र १८ गतेको वर्षापछि पहिरो खस्ने र बाटो अवरुद्ध हुने गरेको थियो। जमिन कमजोर भएकाले कुनै पनि बेला ढुंगा वा पहिरो खस्न सक्ने जोखिम कायमै रहेकाले सतर्कता अपनाउन भनिएको छ।

प्रहरीले चितवन भएर यात्रा गर्नेहरूलाई बेलुका ९ बजेभित्र चितवन प्रवेश गरिसक्न र पोखरा वा काठमाडौंतर्फ जानेहरूलाई पनि राति ९ बजेभित्र चितवनको सिमानाबाट निस्किसक्न अनुरोध गरेको छ। हिजो बेलुका ९ बजेपछि चितवन आइपुगेका गाडीहरूलाई आँपटारी क्षेत्रमा रातभर रोकेर आज बिहान ६ बजेदेखि गन्तव्यमा जान दिइएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार जिल्लाका १४ स्थानमा रहेका विश्राम कक्ष (होल्डिङ सेन्टर)मा रोकिएका लामो तथा छोटो दुरीका सवारी साधनहरू गन्तव्यतर्फ गइरहेका छन्।

यो समाचारमा

चितवनकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पहिरो र लेदो हटाएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा

    काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीस्थित विरुवाडाँडा र आसपासका क्षेत्रमा खसेको पहिरो तथा लेदो हटाएपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। शुक्रबार रातिको वर्षाका कारण सडकमा लेदो र सुख्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडकमा थुप्रिएको अवरोध हटाएपछि केहीबेरअघि मात्रै यातायात सुचारु

    Data is loading...

    Loading brands...

    Loading footer...