बाढी पहिरोका कारण करिब १० करोड बराबरको क्षति

Author

सजिलो पत्रिका

२०८२ असोज १९, आइतबार

18
Share
Featured
  • इलाममा पहिरोमा सुत्केरीसहित दुई जना घाइते भएका छन्।
  • नेपाली सेनाले हेलिकप्टरबाट उद्धार गरी धरान अस्पताल लगेको छ।
  • प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ ।

असोज १७ र १८ गतेको अबिरल वर्षापछि आएको बाढी पहिरोका कारण करीब १० करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार नदी कटान, डुबान र बाढीका कारण उक्त क्षति भएको हो ।

‘प्रारम्भिक विवरणअनुसार करिब १५०० मिटर तटबन्ध कटान भई जम्मा करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

नदी नियन्त्रणतर्फ झापाको गौरीगञ्ज–२ मा कन्काई नदीले हुलाकी राजमार्ग नजिक करिब २०० मिटर तटबन्ध कटान गर्दा होकलबारी गाउँका ११४ घर बारी डुबानमा परेका छन् र करिब ५०० हेक्टर धान खेतमा क्षति भएको जनाइएको छ । सोही नदीले झापा गाउँपालिका–२ कुवाडीमा थप २०० मिटर तटबन्ध कटान गरी करिब २५ हेक्टर जमिनमा क्षति पुर्याएको छ । जसको अनुमानित लागत ७५ लाख रुपैयाँ पुगेको छ । यसैबीच, मेची नदीले विभिन्न स्थानका स्परमा क्षति पुर्याएको छ भने यसको लागत करिब ५० लाख रुपैयाँ अनुमान गरिएको छ ।

बिराटनगर महानगरपालिका–६ र १२ मा केशलिया नदीको बाढीले ७५ घरधुरी डुबानमा पारी विस्थापित हुनुपरेको छ । सिरहामा कमला नदीले पटेरुवाको तटबन्धमा क्षति पुर्याएको छ जसको अनुमानित लागत २५ लाख रुपैयाँ रहेको छ । रौतहटमा लालबकैया नदीले मौलापुर र बौदीमाई क्षेत्रमा करिब १८० मिटर तटबन्ध बगाउँदा करिब ३०० हेक्टर धान खेत र २०० घर गोठ डुबानमा परेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यसबाट करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ । त्यस्तै, महोत्तरीमा रातो नदीले बलवा, लोहरपट्टी, रतबारा तथा जलेश्वर क्षेत्रका तटबन्ध कुल ८९० मिटर कटान गरी ८ करोड रुपैयाँ बराबरको क्षति पुर्याएको छ । यसले सदरमुकाम जलेश्वर समेत बाढीको उच्च जोखिममा पारेको छ ।

सिंचाइतर्फ भने, विभिन्न आयोजनाका गेट समयमै सञ्चालन गरिएकाले ठूला संरचनागत क्षति नभएको जनाइएको छ । तर, झाँज सिंचाइ प्रणाली नजिकै मोहमदपुर गाउँ डुबानमा परेको छ भने सुनसरी–मोरङ, बाग्मती र नारायणी सिंचाइ आयोजनाभित्रका खोल्साले खेती योग्य जमिनमा कटान गरेका छन ।

यस्तै, सुनकोशी नदीको बाढीले निर्माणाधीन सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध स्थल डुबानमा पारेको छ । कफर ड्यामसहितका संरचनाको वास्तविक अवस्था भने एकिन हुन सकेको छैन् । त्यस्तै, कोशी र बाग्मती प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङलगायत पहाडी जिल्लामा पहिरोका घटनाहरू भएका छन् । यद्यपि सो क्षेत्रका क्षतिको विस्तृत विवरण संकलन भइसकेको छैन ।

यो समाचारमा

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...