विपद्का घटनाबाट देशभर ४० जनाको मृत्यु, ११ जना बेपत्ता

Author

सजिलो पत्रिका

२०८२ असोज १९, आइतबार

18
Share
Featured
  • पछिल्ला दुई दिनमा देशभर बाढी, पहिरो, चट्याङ र दुर्घटनामा ४० जनाको मृत्यु, १३ घाइते र ११ बेपत्ता।
  • इलाममा मात्र २८ जनाको मृत्यु र दुई जना गम्भीर घाइते।
  • उदयपुर, रौतहट, रसुवा र काठमाडौँमा पनि मृत्युस खोटाङ, भोजपुर, रौतहट र मकवानपुरमा चट्याङबाट आठ घाइते।
समाचार सारांशGenerated using AI.

काठमाडौँ  । 

पछिल्लो दुई दिनमा विपद्का घटनामा परी देशभर ४० जनाको मृत्यु भएको छ । बाढी पहिरो, चट्याङ तथा सवारी दुर्घटनामा परी १३ जना घाइते भएका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

विपद्का घटनामा परी ११ जना बेपत्ता भएका छन् । बाढी पहिरोबाट इलाम जिल्लामा मात्रै २८ जनाको मृत्यु र दुई जना गम्भीर घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ ।

इलामको सूर्योदय नगरपालिकामा पाँच, इलाम नगरपालिकामा छ, देउमाई नगरपालिकामा दुई, फाकफोकथुम गाउँपालिकामा एक, माङसेबुङ गाउँपालिकामा तीन, माईजोगमाई गाउँपालिकामा आठ र सन्दकपुर गाउँपालिकामा तीन जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

यसैगरी बाढी पहिरोमा परी उदयपुरमा दुई, रौतहटमा तीन, रसुवामा चार र काठमाडौँमा एक जनाको मृत्यु भएको छ । खोटाङ, भोजपुर, रौतहट र मकवानपुरमा चट्याङबाट आठ जना घाइते भएका छन् । पाँचथरमा सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ, भने छ जना घाइते भएका छन् ।

यो समाचारमा

देउमाई नगरपालिकासूर्योदय नगरपालिकामाङसेबुङ गाउँपालिकामाईजोगमाई गाउँपालिका
सन्दकपुर गाउँपालिका6 more

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...