मेची करिडोरमा बाढीको वितण्डा: तीन पुल बगायो, मेची राजमार्ग अवरुद्ध

Author

सजिलो पत्रिका

२०८२ असोज १९, आइतबार

17
Share
Featured
  • अविरल वर्षाबाट आएको बाढीले मेची करिडोर अन्तर्गतका तीन पुल — माईखोला बेलासे, पुवा खोलो र जोगमाई पुल — बगाएको छ, जसले इलाम र पाँचथरमा आवागमन पूर्ण रूपमा रोकिएको छ।
  • मेची राजमार्गका विभिन्न स्थानमा ३० भन्दा बढी पहिरो खसेका छन्, जसले यातायात सेवा पूर्ण रूपमा ठप्प पारेको र सवारीसाधनहरू बीचमै अलपत्र परेको छ।
  • सडक र पुल पुनःखोल्ने प्रयास भइरहेको भए पनि लगातारको वर्षा र पहिरोको जोखिमका कारण काममा कठिनाइ भइरहेको छ, र क्षतिको पूर्ण विवरण अझ आउन बाँकी छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अविरल वर्षाका कारण आएको बाढीले मेची करिडोर अन्तर्गतका तीनवटा पुल बगाएको छ भने मेची राजमार्ग दर्जनौं स्थानमा पहिरो खसेर अवरुद्ध भएको छ। यसबाट इलामपाँचथरका विभिन्न क्षेत्रमा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ।

माईखोलाको बेलासे पुल: केचना–कञ्चनजंघा सडकखण्डमा पर्ने इलाम नगरपालिका-११ बेलासेस्थित माईखोलामाथि करिब पाँच वर्षअघि मात्रै निर्माण भएको पक्की पुल बाढीले क्षतिग्रस्त बनाएको छ। पुल बगाएपछि यस क्षेत्रबाट हुने आवागमन पूर्ण रूपमा बन्द भएको छ।

पुवा खोलाको पुल: मेची करिडोरकै अर्को महत्वपूर्ण पुवा खोलाको पुल पनि बाढीले बगाएको छ।

जोगमाई पुल: जोगमाई खोलामाथिको पुल पनि बाढीको चपेटामा परेको छ।

यी पुलहरू बगाएपछि स्थानीय बासिन्दा र यात्रुहरूलाई आवतजावतमा ठूलो समस्या भएको छ।

मेची राजमार्ग अवरुद्ध:

मेची राजमार्ग अन्तर्गत इलाम र पाँचथरका विभिन्न स्थानमा ३० भन्दा बढी सानो–ठूलो पहिरो खसेका छन्। यसका कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरोका कारण सवारी साधनहरू अलपत्र परेका छन् भने यात्रुहरू गन्तव्यमा पुग्न सकेका छैनन्।

सडक खुलाउनका लागि प्रयास भइरहेको भए पनि लगातारको वर्षा र पहिरोको जोखिमका कारण काममा कठिनाइ भइरहेको स्थानीय प्रशासनले जनाएको छ। बाढी र पहिरोले पुर्‍याएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ।

यो समाचारमा

पाँचथरकाठमाडौँइलाम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...