भारी वर्षाको चेतावनी: राजमार्ग बन्द गर्न र सतर्क रहन मौसमविद्को सुझाव

Author

सजिलो पत्रिका

२०८२ असोज १८, शनिबार

28
Share
Featured
  • शनिबार दिउँसोदेखि सुरु हुने भारी वर्षाका कारण देशभर बाढी–पहिरोको उच्च जोखिम रहने भन्दै मौसमविद्हरूले जोखिमयुक्त राजमार्गहरू बन्द गर्न सुझाव दिएका छन्।
  • मधेसदेखि काठमाडौं र पश्चिम नेपालका पहाडी–तराई क्षेत्रहरू (चितवन, मकवानपुर, काभ्रे, बुटवल, काठमाडौं आदि) मा भारी वर्षा र आवतजावत नियन्त्रणको आवश्यकता रहेको छ।
  • यो वर्षा प्रणाली आइतबारसम्म सक्रिय रही सोमबार बिहानदेखि मौसम सुधार हुने अनुमान छ, र सबैलाई कम्तीमा दुई दिनसम्म सतर्क रहन अनुरोध गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

शनिबार दिउँसोदेखि सुरु हुने भारी वर्षाले देशका विभिन्न भागमा बाढीपहिरोको उच्च जोखिम निम्त्याउन सक्ने भन्दै मौसमविद्हरूले जोखिमयुक्त राजमार्गहरू बन्द गर्न सुझाव दिएका छन्। विशेषगरी दशैंको समयमा यात्रुको चाप बढी हुने चितवन, मकवानपुर, काठमाडौं, काभ्रेपलान्चोक लगायतका क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले जनहितका लागि पूर्वतयारी स्वरुप राजमार्ग बन्द गर्नु उचित हुने उनीहरूको भनाइ छ।

भारतको उडिसा नजिकैबाट विकसित भएको प्रणाली बिहार हुँदै शनिबार बिहानदेखि नेपाल भित्रिनेछ, जसले केही ठाउँमा भारी वर्षा गराउने अनुमान छ। भारतको मौसम विज्ञान विभागले बिहार क्षेत्रमा अति भारी वर्षाको जोखिममा रहेको भनी अलर्ट जारी गरिसकेको छ।

प्रभावित क्षेत्रहरू:

मधेश प्रदेश: वीरगञ्ज आसपासदेखि जनकपुरसम्मको क्षेत्रमा भारी वर्षाको सम्भावना छ भने मधेसभर नै पानी पर्नेछ।

पश्चिम र मध्य नेपाल: बुटवल/भैरहवादेखि चितवन, काठमाडौं, मकवानपुर, हेटौंडा हुँदै पानी पार्ने प्रणालीले गोरखा र तनहुँसम्म प्रभावित पार्ने आँकलन छ।

काठमाडौं उपत्यका: उपत्यका र विशेष गरी दक्षिणी भागमा भारी वर्षाको सम्भावना देखिएको छ। विज्ञहरूले उपत्यकाभित्रको आवतजावत पनि नियन्त्रित हुनुपर्ने र हनुमन्ते, बागमती नदी, धोबीखोला, नख्खु र विष्णुमती नदी किनाराका बासिन्दालाई सतर्क रहन सुझाव दिएका छन्।

राजमार्ग र सडकहरू:

नारायणगढ–मुग्लिन–नागढुंगा राजमार्ग, हेटौंडाबाट काठमाडौं आउने सडक, बनेपा–बर्दिबास राजमार्ग, बीपी राजमार्ग, कान्तिपथ र हेटौंडा–भैंसे–काठमाडौं सडक लगायतका जोखिमयुक्त राजमार्गहरूमा रातिको समयमा सवारी साधन चलाउन स्थानीय प्रशासनले रोक लगाइसकेका छन्।

मौसम सुधार:

यो प्रणाली काभ्रे, रामेछाप, महोत्तरी लगायतका ठाउँमा शनिबार र आइतबारसम्म सक्रिय हुँदै पूर्वी नेपालबाट बाहिरिनेछ। देशभरको मौसममा क्रमिक सुधार हुन सोमबार बिहानसम्म लाग्ने मौसमविद्हरूको आँकलन छ।

मौसमविद्हरूले कम्तिमा दुई दिनसम्म सरकारीस्तरदेखि बस्ती र आम मानिसहरू पनि सजग र सतर्क रहन आग्रह गरेका छन्।

यो समाचारमा

विष्णुमती नदीहेटौंडाजनकपुररामेछाप
काभ्रेपलान्चोक11 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...