नवलपरासी कारागारबाट भागेका कैदीबन्दीलाई आश्रय नदिन अनुरोध, २० गतेसम्म हाजिर नभए कारबाही

Author

सजिलो पत्रिका

२०८२ असोज १७, शुक्रबार

9
Share
Featured
  • जेनजी आन्दोलनपछि भदौ २५ गते नवलपरासी कारागारबाट भागेका ५४६ मध्ये हालसम्म २५१ कैदी (२१९ पुरुष, ३२ महिला) फिर्ता भइसकेका छन्।
  • कारागार कार्यालयले असोज २० गतेसम्म सबै भागेका कैदीलाई हाजिर हुन अनुरोध गर्दै, नआए कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ।
  • कैदीलाई घरमा लुकाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी कारबाही गर्ने कारागार कार्यालयले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपश्चात् भदौ २५ गते नवलपरासी कारागारबाट भागेका ५४६ कैदीबन्दीलाई आश्रय नदिन कारागार कार्यालय नवलपरासीले अनुरोध गरेको छ। उनीहरूमध्ये केही कैदीबन्दी कारागारमा फिर्ता (हाजिर) भइसकेका छन्।

भागेका कैदीबन्दीलाई कसैले पनि आफ्नो घरमा लुकाउन, छिपाउन तथा आश्रय नदिन भन्दै कसैले आश्रय दिएको वा लुकाएको थाहा पाएपछि उनीहरूलाईसमेत कसुरदार ठानी कारबाहीको प्रक्रिया अगाडि बढाइने कारागार कार्यालयका जेलर विकल श्रेष्ठले बताए।

हाजिर नभएका कैदीबन्दीको हकमा कारागार कार्यालयले यही असोज २० गतेसम्म हाजिर हुनलाई अनुरोध गरेको श्रेष्ठले बताए। उनले भने, "असोज २० गतेसम्म हाजिर नहुने कैदीबन्दीलाई कारागार ऐन, २०७९ र प्रचलित कानुन बमोजिम कारबाही हुनेछ।"

नवलपरासी कारागारबाट भागेका कैदीबन्दीमध्ये पुरुष २१९ र महिला ३२ जना गरी हालसम्म २५१ जना हाजिर भइसकेको उनले जानकारी दिए।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...