कुमारी आर्यताराले दशमीमा सर्वसाधारणलाई टीका लगाइदिने

Author

सजिलो पत्रिका

२०८२ असोज १६, बिहिबार

27
Share
Featured
  • यस वर्षको विजया दशमीमा जीवित देवी कुमारी आर्यताराले सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम रहेको छ।
  • महानवमीको रातमा कुमारीलाई तलेजु भवानीको दर्शन गराएपछि दशमीको दिन ११ बजेपछि टीका दिने कार्यसूची तय गरिएको छ।
  • नवमीको रातमा परम्परागत रूपमा ५४ बोका र ५४ राँगाको बलि सहित तलेजु पूजा गरिन्छ, जसलाई राज्य सञ्चालनका लागि शक्ति प्राप्त गर्ने धार्मिक परम्परा मानिन्छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

यस वर्षको विजया दशमीमा जीवित देवी कुमारी आर्यताराले सर्वसाधारणलाई टीका लगाइदिने भएकी छिन्। महानवमीको रातमा जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराएपछि दशमीको टीका ११ बजेपछि लगाउने कार्यसूची रहेको हनुमानढोकास्थित कुमारीघर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले जानकारी दिएका छन्।

जीवित देवी कुमारीलाई विशेष शक्ति प्राप्त हुने विश्वासका साथ महानवमीको मध्यरातमा तलेजु भवानीको दर्शन गराइने प्रचलन छ। भवानीको प्रतीकका रूपमा कुमारीलाई सम्मान गरिन्छ।

नवमीको रातमा पनि मूलचोक नजिकै पूजाआजाका क्रममा ५४ बोका र ५४ राँगाको बलि दिने प्रचलन छ। गएराति कालरात्रिमा समेत पशु बलि दिइएको थियो। यसरी तलेजुको पूजाआजा गर्दा राज्य सञ्चालनका लागि शक्ति प्राप्त गर्ने सङ्कल्पसहित धार्मिक गतिविधि गरिँदै आएको छ।

यो समाचारमा

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पहिरो र लेदो हटाएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा

    काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीस्थित विरुवाडाँडा र आसपासका क्षेत्रमा खसेको पहिरो तथा लेदो हटाएपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। शुक्रबार रातिको वर्षाका कारण सडकमा लेदो र सुख्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडकमा थुप्रिएको अवरोध हटाएपछि केहीबेरअघि मात्रै यातायात सुचारु

    Data is loading...

    Loading brands...

    Loading footer...