साइबर ब्युरोले तामेलीमा राख्न खोजेको मुद्दामा महेश बस्नेतमाथि थप अनुसन्धानको निर्देशन

Author

सजिलो पत्रिका

२०८२ असोज १४, मङ्गलबार

28
Share
Featured
  • एमाले नेता महेश बस्नेतविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गतको मुद्दामा थप अनुसन्धान गर्न जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीलाई पत्राचार गरेको छ।
  • बस्नेतले फेसबुक वालमा प्रयोग गरेको "भालु" शब्दबारे कसलाई लक्षित गरिएको हो भन्ने स्पष्ट पार्न निर्देशन दिइएको छ।
  • यसअघि साइबर ब्युरोले मुद्दा तामेलीमा राख्ने सुझाव दिए पनि जाहेरीका आधारमा पुनः अनुसन्धान अघि बढेकाले राजनीतिक तथा कानुनी विवाद चुलिने सम्भावना देखिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता महेश बस्नेतमाथि विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर मुद्दामा थप अनुसन्धान अघि बढाउन सरकारी वकिलको कार्यालयले प्रहरीलाई पत्राचार गरेको छ।

जिल्ला सरकारी वकिल उदयचन्द अधिकारीले सोमबार साइबर ब्युरोलाई पठाएको पत्रमा बस्नेतले आफ्नो फेसबुक वालमा प्रयोग गरेको "भालु" शब्दबारे प्रतिवादीलाई स्पष्टीकरण दिन लगाउन भनिएको छ।

यसअघि भदौ ३१ गते साइबर ब्युरोले उक्त मुद्दा निरर्थक भन्दै तामेलीमा राख्ने सुझाव दिएको थियो। तर, सरकारी वकिलले जाहेरीकर्ता शोभा (जानुका) पाठकको उजुरीका आधारमा थप अनुसन्धान आवश्यक देखिएको भन्दै प्रहरीलाई अघि बढाउन निर्देशन दिएका हुन्।

पत्रमा बस्नेतले प्रयोग गरेको शब्द कसलाई लक्षित गरेर र कुन उद्देश्यले प्रयोग गरिएको भन्ने स्पष्ट पार्नुपर्ने उल्लेख छ। यससँगै बस्नेतमाथि राजनीतिक तथा कानुनी विवाद फेरि चुलिने सम्भावना देखिएको छ।

यो समाचारमा

महेश बस्नेतनेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जलविद्युत् आयोजनाको वर्गीकरण गर्दै प्राधिकरण

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भइसकेका तर उत्पादन सुरु गर्न नसकेका जलविद्युत् आयोजनाहरूलाई चार समूहमा वर्गीकरण गरी व्यवस्थापन गर्ने भएको छ। असार ३२ गते बसेको सञ्चालक समितिको बैठकले आयोजनाको भौतिक प्रगति र दायित्व पूरा गरेको अवस्थाका आधारमा 'क', 'ख', 'ग' र 'घ' समूहमा विभाजन गर्ने निर्णय

    Data is loading...

    Loading brands...

    Loading footer...