सिन्धुलीमा बलेरो पिकअप दुर्घटना: चालकसहित १३ घाइते, एकको अवस्था गम्भीर

Author

सजिलो पत्रिका

२०८२ असोज १३, सोमबार

18
Share
Featured
  • काठमाडौंबाट सिन्धुली जाँदै गरेको बा २० च ९३१ नम्बरको बलेरो पिकअप सुनकोसी नदीमा खस्दा चालकसहित १३ जना घाइते भए; गाडीमा १९ जना सवार थिए।
  • सबै घाइते एकै परिवार/वडाका सदस्य; २३ वर्षीय प्रेम मगरको टाउकोमा गम्भीर चोट, चारजनाको अवस्था मध्यम र अन्यको सामान्य छ।
  • सडक जाम खुलेपछि तीव्र गतिका कारण दुर्घटना भएको अनुमान; चालक ओमबहादुर राना सामान्य घाइते भई प्रहरी नियन्त्रणमा छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौंबाट सिन्धुलीको गोलन्जर जाँदै गरेको बा २० च ९३१ नम्बरको बलेरो पिकअप दुर्घटना हुँदा चालकसहित १३ जना घाइते भएका छन्। सुनकोशी गाउँपालिका, सिन्धुली-६ मरिण डाईभर्सन नजिकै बीपी राजमार्गबाट पिकअप सुनकोसी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सेवेदीले जानकारी दिए। दुर्घटनाग्रस्त पिकअपमा १९ जना यात्रु सवार थिए।

घाइतेहरूको सुनकोसी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भइरहेको छ। इलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको नेपाल प्रहरीसशस्त्र प्रहरी बलको गोताखोर टोलीले घाइतेहरूको उद्धार गरेको थियो। घाइतेमध्ये गोलन्जोर गाउँपालिकाका २३ वर्षीय प्रेम मगरको टाउकोमा गम्भीर चोट लागेको छ। अन्य चार जनाको अवस्था मध्यम र बाँकीको सामान्य रहेको प्रहरीले जनाएको छ। घाइते सबै एकै वडाका र एकै परिवारभित्रका सदस्यहरू रहेको बताइएको छ।

प्रहरीका अनुसार, काभ्रेतर्फ सडकमा अत्यधिक जाम भएको र सिन्धुलीतर्फ जाम खुल्ने बित्तिकै सवारी साधन अत्यधिक गतिमा गुडाएका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीले राजमार्गका विभिन्न स्थानमा प्रहरी परिचालन गरी गति नियन्त्रणको कार्य गरिरहेको जनाएको छ।

पिकअपका चालक २६ वर्षीय ओमबहादुर रानाको दुवै खुट्टाको घुँडामा सामान्य चोट लागेको छ र उनको प्रहरी नियन्त्रणमा उपचार भइरहेको छ।

यो समाचारमा

सिन्धुलीगोलन्जोर गाउँपालिकानेपाल प्रहरीसशस्त्र प्रहरी बल
काठमाडौँ5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बागमती सरकारबाट बाहिरिँदै एमाले, ६ मन्त्रीले सोमबार सामूहिक राजीनामा दिने

    काठमाडौं । बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ। यस विषयमा औपचारिक निर्णय गर्न र आगामी रणनीति तय गर्न आइतबार काठमाडौँमा एमाले बागमती प्रदेश संसदीय दलको बैठक बसिरहेको छ।एमालेले शनिबार नै मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयबारे जानकारी गराइसकेको छ।

    Data is loading...

    Loading brands...

    Loading footer...