सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ समारोह, राष्ट्रपति पौडेलको प्रमुख आतिथ्य

Author

सजिलो पत्रिका

२०८२ असोज १३, सोमबार

17
Share
Featured
  • नेपाली सेनाले बडादसैँको सप्तमीमा टुँडिखेलमा भव्य फूलपाती बढाइँ समारोह आयोजना गर्दैछ, राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा।
  • समारोहमा राइफल, तोप प्रदर्शन, सैनिक परेड, दुर्गा नाच, हेलिकप्टरबाट ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिने छ।
  • गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोका दसैँघरमा भित्र्याइ टुँडिखेलमा परम्परागत रूपमा फूलपाती बढाइँ गर्ने, नेपाली संस्कृति र राष्ट्रिय गौरव झल्काउने अवसर हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बडादसैँको सप्तमीका अवसरमा नेपाली सेनाले आज दिउँसो सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ समारोहको आयोजना गर्दैछ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा हुने यस समारोहमा सेनाले आफ्नो परम्परागत कौशल प्रदर्शन गर्नेछ। संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुन्।

समारोहमा नेपाली सेनाले राइफलबाट लहरे र एकठ्ठा बढाइँका साथै तोपबाट पनि बढाइँ गर्नेछ। यसका अतिरिक्त, सैनिक परेड प्रदर्शन, दुर्गा नाच र सेनाको हेलिकप्टरबाट 'फूलपाती बढाइँ समारोह–२०८२' लेखिएको ब्यानर प्रदर्शन तथा पुष्पवृष्टि गरिने कार्यक्रम रहेको छ। फूलपाती बढाइँलाई धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रमका रूपमा लिइन्छ।

गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोका दसैँघरमा साइत जुराएर भित्र्याएसँगै टुँडिखेलमा फूलपाती बढाइँ गर्ने परम्परा रहिआएको छ। यस वर्षको समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहाल, मन्त्रिगणलगायत विशिष्ट महानुभावहरूको उपस्थिति रहनेछ।

नेपाली सेनाले हरेक वर्ष बडादसैँको फूलपातीका दिन सैनिक मञ्च टुँडिखेलमा यसरी नै समारोहका बीच फूलपाती बढाइँ गर्दै आएको छ, जसले नेपाली संस्कृति र राष्ट्रिय गौरवलाई झल्काउँछ।

यो समाचारमा

नेपाली सेनासुशीला कार्कीकाठमाडौँनारायण प्रसाद दाहाल
रामचन्द्र पौडेल6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...