
काठमाडौँ।बडादसैँको सप्तमीका अवसरमा नेपाली सेनाले आज दिउँसो सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ समारोहको आयोजना गर्दैछ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा हुने यस समारोहमा सेनाले आफ्नो परम्परागत कौशल प्रदर्शन गर्नेछ। संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुन्।समारोहमा नेपाली सेनाले राइफलबाट लहरे र एकठ्ठा बढाइँका साथै तोपबाट पनि बढाइँ गर्नेछ।...