बिपी राजमार्गमा ट्राफिक सचेतना, यात्रुहरुलाई राम्रो व्यवहार गर्न सुझाव

Author

सजिलो पत्रिका

२०८२ असोज १२, आइतबार

21
Share
Featured
  • बिपी राजमार्गमा दैनिक ४ हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने भएकाले चाडबाड लक्षित ट्राफिक सचेतना कार्यक्रम नेपालथोक (सिन्धुली) मा सञ्चालन गरिएको छ।
  • नेपाल प्रहरी, ट्राफिक प्रहरी र नेपाल स्काउटको सहकार्यमा भएको कार्यक्रममा यात्रुहरूको सुरक्षा र चालकहरूको सचेतनामा जोड दिइएको छ।
  • चालकलाई यात्रुहरूसँग राम्रो व्यवहार गर्न, सुरक्षित ढंगले सवारी संचालन गर्न पर्चा वितरण र सम्झाइने काम गरिएको छ, अहिले राजमार्गमा ठूला समस्या नरहेको जनाइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ 

दैनिक चार हजार बढी ठुला–साना सवारीसाधन आवतजावत गर्ने बिपी राजमार्गमा चाडबाड लक्षित ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । बिपी राजमार्गको सिन्धुली जिल्लास्थित नेपालथोकमा सवारी चालक र यात्रुहरूलाई लक्षित गरी सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।

नेपाल प्रहरी, ट्राफिक प्रहरी, नेपाल स्काउटलगायतको सहकार्यमा सो कार्यक्रम सञ्चालन गरिएको नेपाल स्काउटका एड्भान्स लिडर राज मैनालीले जानकारी दिए ।

यात्रुहरूको सुरक्षा र सवारी चालकको सचेतनाको निमित्त कार्यक्रम सञ्चालन गरिएको उनले बताए । दुर्घटना न्यूनीकरणको लागि सक्दो काम गरिरहेको उनले जानकारी दिए । 

प्रहरी चौकी दुम्जा सिन्धुलीका प्रहरी साहयक निरीक्षक मनोज थापाले चाडबाड लक्षित सडक सुरक्षा योजना अन्तर्गत सचेतना कार्यक्रम सञ्चालन गरिएको बताए । सडकलाई व्यवस्थित गर्न आफूहरू निरन्तर लागेको उनले जानकारी दिए । 

अस्थायी ट्राफिक प्रहरी पोष्ट दुम्जाका इञ्चार्ज वरिष्ठ हवलदार पशुपति फुयाँलले ट्राफिक व्यवस्थापनको सन्दर्भमा आफूहरू अहोरात्र खटेर सवारी साधनलाई गन्तव्यमा पु¥याउन सहयोग गरिरहेको बताए ।

यात्रुहरूलाई राम्रो व्यवहार गर्न चालकहरूलाई पर्चा वितरण तथा सम्झाउने काम गरिरहेको उनले जानकारी दिए । अहिले राजमार्गमा कुनै ठुलो समस्या नभएको र यातायात साधन सहज रूपमा सञ्चालन भइरहेका उनले बताए ।

यो समाचारमा

काठमाडौँसिन्धुली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पहिरो र लेदो हटाएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा

    काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीस्थित विरुवाडाँडा र आसपासका क्षेत्रमा खसेको पहिरो तथा लेदो हटाएपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। शुक्रबार रातिको वर्षाका कारण सडकमा लेदो र सुख्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडकमा थुप्रिएको अवरोध हटाएपछि केहीबेरअघि मात्रै यातायात सुचारु

    Data is loading...

    Loading brands...

    Loading footer...