पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष सर्वसाधारणलाई टीका नलगाउने

Author

सजिलो पत्रिका

२०८२ असोज १२, आइतबार

19
Share
Featured
  • पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष विजया दशमीका अवसरमा सर्वसाधारणलाई टीका तथा जमरा नलगाउने भएका छन्।
  • उनले पर्व पारिवारिक र सांस्कृतिक रूपमा मात्रै मनाइने जानकारी दिए र राष्ट्रको विकास तथा आधुनिक प्रविधि–वैज्ञानिक दक्षतालाई अंगाल्न जोड दिएका छन्।
  • पूर्वराजाले सबैलाई नवदुर्गा भवानीको आशीर्वादसहित दिव्यपथतर्फ अग्रसर रहोस् भन्ने कामना गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

पूर्वराजा ज्ञानेन्द्र शाह ले यस वर्ष विजया दशमीका अवसरमा सर्वसाधारणलाई टीका तथा जमरा नलगाउने भएका छन्। आइतबार दसैँको शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा रहेकाले पारिवारिक र सांस्कृतिक रूपमा मात्रै यो पर्व मनाउन बाध्य भएको प्रस्ट पारेका हुन्।

शुभकामना सन्देशमा उनले भनेका छन्, ‘यतिखेर राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा छ। त्यसैले पारिवारिक र सांस्कृतिक रूपमा मात्रै यो पर्व मनाउन हामी बाध्य छौँ। हाम्रो आम शुभेच्छुक नागरिक समुदायलाई पनि विगतमा झैं हामीबाट बृहत् रूपमा टीका–जमरा प्रदान नहुने जानकारी गराउँदछौँ।’

पूर्वराजा शाहले सबैको आशा, आकांक्षा र अभिलाषा राष्ट्रको उत्तरोत्तर विकास नै रहेको बताउँदै राज्य पद्धति र गतिशील व्यवस्थापनको प्रबन्ध परिपाटीमा जनमनोभावनाको ख्याल राखेर समय सापेक्ष सुधार गर्दै अघि बढ्नु जरुरी रहेको जनाएका छन्।

उनले विकसित बन्दै गएको आधुनिक प्रविधि र वैज्ञानिक दक्षतालाई ग्रहण गर्नुपर्ने तथा भौतिक विकासलाई अघि बढाउँदै विश्व व्यवस्थामा बदलिँदै आएको राष्ट्रिय समाजको संरचनालाई अँगाल्नु पर्नेमा पनि जोड दिएका छन्।

पूर्वराजा शाहले नवदुर्गा भवानीले सबैलाई दिव्यपथतर्फ अग्रसर राखुन् भन्ने कामनासमेत गरेका छन्।

यो समाचारमा

काठमाडौँज्ञानेन्द्र शाह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...