प्रचण्डद्वारा वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित निकाल्ने नेपाली क्रिकेट टोलीलाई बधाई

Author

सजिलो पत्रिका

२०८२ असोज १२, आइतबार

12
Share
Featured
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक जितका लागि नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन्।
  • उनले यो सफलताले नेपाली युवाशक्ति उत्कृष्ट क्षमता, अनुशासन र राष्ट्र निर्माणप्रतिको सङ्कल्पसहित चुनौती सामना गर्न सक्षम भएको प्रमाणित गरेको बताए।
  • प्रचण्डले टोलीले आगामी खेलहरूमा पनि उत्कृष्ट प्रदर्शन गरेर देशलाई गौरवान्वित पार्ने विश्वास व्यक्त गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित निकालेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् । 

उनले सामाजिक सञ्जा फेसबुक मार्फत शनिबार राति भएको खेलमा वेस्ट इन्डिजलाई हराएर नेपालले ऐतिहासिक जित हासिल गरेकोमा नेपाली टिमलाई बधाई दिएका हुन् । यो सफलताले नेपाली युवाशक्ति उत्कृष्ट क्षमता, अनुशासन र राष्ट्र निर्माणप्रतिको सङ्कल्पबाट हरेक चुनौती सामना गर्न सक्षम छ भन्ने पुष्टि गरेको उनले बताएका छन् । 

उनले लेखेका छन्,‘यूएईमा जारी युनिटी कपअन्तर्गत पहिलो खेलमा नेपालको राष्ट्रिय क्रिकेट टोलीले दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई हराउँदै ऐतिहासिक विजय हासिल गरेकोमा हार्दिक बधाई । यो सफलताले नेपाली युवाशक्ति– उत्कृष्ट क्षमता, अनुशासन र राष्ट्र निर्माणप्रतिको सङ्कल्पबाट हरेक चुनौती सामना गर्न सक्षम छ भन्ने पुष्टि गरेको छ।  नेपाली टोलीले सिरिजका आगामी खेलहरूमा समेत अझै उत्कृष्ट प्रदर्शनमार्फत देशलाई गौरवान्वित पार्ने विश्वास लिएको छु ।’


यो समाचारमा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)काठमाडौँपुष्पकमल दाहाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पहिरो र लेदो हटाएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा

    काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीस्थित विरुवाडाँडा र आसपासका क्षेत्रमा खसेको पहिरो तथा लेदो हटाएपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। शुक्रबार रातिको वर्षाका कारण सडकमा लेदो र सुख्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडकमा थुप्रिएको अवरोध हटाएपछि केहीबेरअघि मात्रै यातायात सुचारु

    Data is loading...

    Loading brands...

    Loading footer...