जाजरकोटमा खोलाले बगाउँदा दिदीबहिनीको मृत्यु

Author

सजिलो पत्रिका

२०८२ असोज १०, शुक्रबार

15
Share
Featured
  • जाजरकोटको कुशे गाउँपालिका–७ मा पौडी खेल्दा खोलाले बगाउँदा दिदीबहिनीको मृत्यु भयो।
  • मृतक १८ वर्षीया मीनाकुमारी सिंह र १५ वर्षीया गीताकुमारी सिंह हुन्।
  • दुवैको शव करिब २०० मिटर तल फेला परेर घरमा राखिएको छ, शनिबार पोस्टमार्टम गरिनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ ।

पौडी खेल्ने क्रममा खोलाले बगाउँदा जाजरकोटमा एकै घरका दिदीबहिनीको मृत्यु भएको छ ।

स्थानीय समाकोट खोलामा आज दिउँसो पौडी खेल्न गएका कुशे गाउँपालिका–७ समाकोट जाजरकोटका धनबहादुर सिंहका छोरी १८ वर्षीया मीनाकुमारी र १५ वर्षीया गीताकुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पौडी खेल्ने क्रममा बगेका दुवै दिदीबहिनी सोही खोलाको करिब दुई सय मिटर तल मृतावस्थामा फेलापरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताए । दुवै दिदीबहिनीको शव घरमा ल्याएर राखिएको छ । शनिबार शव परीक्षण गरिने उनले बताए ।

यो समाचारमा

कुशे गाउँपालिकाकाठमाडौँजाजरकोट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...