राजनीतिक दबाबमा बन्द गरिएका अनुसन्धानका सबै फाइल खोल्छु, सुशासन वर्तमान सरकारको पहिले सर्त हो: गृहमन्त्री अर्याल

Author

सजिलो पत्रिका

२०८२ असोज १०, शुक्रबार

15
Share
Featured

काठमाडौँ, गृहमन्त्री ओमप्रकाश अर्यालले  यस अघि राजनीतिक दबाबमा बन्द गरिएका अनुसन्धानका सबै फाइल खोल्ने बताएका छन् ।

शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री अर्यालले यसअघि राजनीतिक दबाबका कारण अनुसन्धानमा भएका अवरोधलाई हटाउँदै सबै फाइल खोल्ने बताएका हुन् ।

उनले अपराध अनुसन्धानमा अब ब्रेक थ्रु हुने जिकिर गरे । सुशासनका दिन नसकेका कारण यसअघिको सरकार र जनप्रतिनिधिहरूको म्यान्डेट बिचैमा भङ्ग भएकाले अव सुशासन वर्तमान सरकारको पहिले सर्त भएको उनले बताए । शान्ति सुरक्षा नभए ६ महिनाभित्र निर्वाचन गर्न नसकिने भएकाले सुशासन कायम गर्नै पर्ने उनको भनाइ छ ।   

गृहमन्त्री अर्यालले आफ्नो व्यवसायीकता प्रदर्शन गरेर प्रभावकारी रूपमा अनुसन्धानको कामलाई अघि बढाउन निर्देशन दिएको  बताए ।

यो समाचारमा

काठमाडौँओमप्रकाश अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...