अरनिको राजमार्गबाट दूध भ्यान सुनकोशीमा खस्यो, चालक बेपत्ता

Author

सजिलो पत्रिका

२०८२ असोज १०, शुक्रबार

23
Share
Featured
  • अरनिको राजमार्ग, सिन्धुपाल्चोक बलेफी–५ बाट दूध संकलन गर्ने भ्यान सुनकोशी नदीमा खसेर चालक बेपत्ता भएका छन् ।
  • भ्यान बा १२ च ६५९४ नम्बरको थियो र चालक नवराज खुलाल (२२–२३ वर्ष) एक्लै सवार थिए।
  • सशस्त्र प्रहरी बल १६ नम्बर गण र सुरक्षा फौज विपद् व्यवस्थापनसहित चालकको खोजीमा खटिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-५ बाट आज बिहान एउटा दूध संकलन गर्ने भ्यान सुनकोशी नदीमा खस्दा चालक बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार, बा १२ च ६५९४ नम्बरको मारुती भ्यान सडकबाट करिब ५० मिटर तल सुनकोशी नदीमा खसेर हराइरहेको छ। भ्यान काभ्रेपलान्चोकको पनौती नगरपालिका-१०, पस्थलीका करिब २२-२३ वर्षीय नवराज खुलालले चलाएका थिए।

चौतारा साँगाचोकग नगरपालिका-१०, सुकुटेमा रहेको सिन्धु दुग्ध डेरीको दूध संकलनका लागि सुकुटेबाट खाडिचौरतर्फ जाँदै गरेको उक्त गाडीमा चालक मात्र सवार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

बेपत्ता चालकको खोजीका लागि सशस्त्र प्रहरी बल १६ नम्बर गण सिन्धुपाल्चोक र सुरक्षा बेस लामोसाँघुबाट विपद् व्यवस्थापनसहितको सुरक्षा फौज खटिएको छ।

यो समाचारमा

काठमाडौँकाभ्रेपलान्चोकचौतारा साँगाचोकग नगरपालिकासिन्धुपाल्चोक
बलेफी गाउँपालिका6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पहिरो र लेदो हटाएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा

    काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीस्थित विरुवाडाँडा र आसपासका क्षेत्रमा खसेको पहिरो तथा लेदो हटाएपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। शुक्रबार रातिको वर्षाका कारण सडकमा लेदो र सुख्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडकमा थुप्रिएको अवरोध हटाएपछि केहीबेरअघि मात्रै यातायात सुचारु

    Data is loading...

    Loading brands...

    Loading footer...