डा. भट्टराईको प्रष्टीकरण: 'नयाँ शक्तिको अभियानबाट अलग भएको छैन, भ्रष्ट नेताहरू सलबलाए'

Author

सजिलो पत्रिका

२०८२ असोज ०९, बिहिबार

17
Share
Featured
  • पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ शक्ति अभियानबाट आफू अलग नभएको प्रष्ट गर्दै पद त्याग नै नैतिकताका आधारमा भएको बताए।
  • उनले भ्रष्ट नेताहरूको सम्पत्ति छानबिन गर्न शक्तिशाली लोकपाल आयोग गठन आवश्यक रहेको र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी अनिवार्य भएको दोहोर्‍याए।
  • भट्टराईले भदौ २३–२४ को जेनजी विद्रोहलाई लोकतान्त्रीकरणको नयाँ कडी मान्दै देश र जनताको परिवर्तनका लागि आजीवन संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नयाँ शक्तिको अभियानबाट आफू अलग नभएको प्रष्टीकरण दिएका छन्। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षबाट बुधबार पद त्याग गरेका उनले आज पत्रकार सम्मेलन गरी यस्तो प्रष्टीकरण दिएका हुन्। विद्रोहका बेला दुलाभित्र लुकेर बसेका पुराना भ्रष्ट नेताहरू अहिले फेरि बाहिर निस्किएर सलबलाएकोप्रति सचेत रहन उनले आग्रह गरेका छन्।

"म कुनै आन्दोलनबाट अलग भएको छैन। नयाँ वैकल्पिक शक्तिको अभियानमा हिजो पनि थिएँ, आजपनि छु, भोलि पनि रहन्छु। हाम्रा नाति पुस्ता आइसके उनीहरूलाई प्रोत्साहन गर्नुपर्छ भनेर मैले नैतिकताका आधारमा पद त्याग गरेको हुँ। नयाँ शक्ति अभियानबाट अलग भएको छैन। यसमा विल्कुल भ्रम नरहोस्," उनले भने।

राजनीति स्थायित्वका लागि जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्वाचन अनिवार्य भएको उनले दोहोर्‍याए। भट्टराईले भ्रष्ट नेताहरूको सम्पत्ति छानबिन गर्न शक्तिशाली लोकपाल आयोग गठन गर्नुपर्नेमा जोड दिए।

"भ्रष्ट नेताहरू अहिले फेरि बाहिर निस्केर सलबलाई रहेका छन्। ती शक्तिलाई बेलैमा चिन्नुपर्छ। विदेशी शक्तिको आडमा विद्रोह गरेका भनेका छन्। तर यो विद्रोह यहाँका युवाहरूले आवश्यकताका अनुसार गरेका हुन्," उनले भने, "भ्रष्ट नेताहरूको अकुत सम्पत्ति छ, त्यसलाई छानबिन गर्न शक्तिशाली लोकपाल आयोग गठन गर्नुपर्छ। उनीहरूका केही सम्पत्ति डढेको भनिएको छ, तर उनीहरूका सम्पूर्ण सम्पत्ति छानबिन नगरिईकन भ्रष्टाचार अन्त्य हुन सक्दैन।"

देश र जनताको परिवर्तनका लागि आफूले आजीवन लड्दै आएको एक राजनीति प्रणाली भएको जिकिर गरे। भदौ २३ र २४ गतेको जेनजी विद्रोह २००७ साल देखिको लोकतान्त्रीकरण गर्ने नयाँ कडी भएको उनले बताए।

यो समाचारमा

काठमाडौँनेपाल समाजवादी पार्टीबाबुराम भट्टराई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...