लम्कीचुहा-२ वडा कप फुटबल प्रतियोगिता सम्पन्न, बघनिया प्रथम

Author

सजिलो पत्रिका

२०८२ असोज ०८, बुधबार

26
Share
Featured
  • लम्कीचुहा–२ मा सम्पन्न खुला फुटबल वडा कप २०८२ को फाइनलमा बघनियाले कान्छीबजारलाई पराजित गर्दै प्रथम स्थान हासिल गर्‍यो।
  • समापन समारोह वडा अध्यक्ष सन्तोष कुमार ओलीको अध्यक्षतामा तथा नगर प्रमुख सुशिला शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
  • प्रतियोगिताले युवालाई प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको, खेलकुद विकासमा योगदान गर्ने र स्वस्थ जीवनशैलीमा प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

कैलालीको लम्की चुँहा नगरपालिका-२  कार्यालयद्वारा आयोजित खुल्ला फुटबल वडा कप प्रतियोगिता २०८२ आज एक भव्य समारोहका बीच सम्पन्न भएको छ। प्रतियोगिताको फाइनल खेलमा बघनियाले कान्छीबजारलाई पराजित गर्दै प्रथम स्थान हासिल गरेको छ भने कान्छीबजार द्वितीय स्थानमा चित्त बुझाउन बाध्य भएको छ।

समापन कार्यक्रम लम्कीचुहा नगरपालिका-२ का वडा अध्यक्ष सन्तोष कुमार ओलीको सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशिला शाही प्रमुख अतिथिको रूपमा उपस्थित थिइन्।

समापन समारोहमा जनप्रतिनिधिहरू, खेलाडीहरू, स्थानीय बासिन्दा र खेलप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो। प्रमुख अतिथि नगर प्रमुख सुशिला शाहीले विजेता तथा उपविजेता टोलीलाई बधाई दिँदै खेलकुदले शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले यस्ता प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकास र युवाहरूलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने विश्वास व्यक्त गरेका थिए।

वडा अध्यक्ष सन्तोष कुमार ओलीले प्रतियोगिता सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रमहरू आयोजना गरिने प्रतिबद्धता व्यक्त गरे। प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको माहोल सिर्जना गर्नुका साथै युवाहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।

यो समाचारमा

कैलालीलम्की चुँहा नगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    काठमाडौं । कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका-१० मा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। ४५ वर्षीया पारु सुनारको बिहीबार बिहान मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार दिउँसो सामान्य विवादका क्रममा श्रीमान रन बहादुरले पारुमाथि कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएकी उनको दोधारास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरिएको

    Data is loading...

    Loading brands...

    Loading footer...