काँकरभिट्टा नाकाबाट दुई महिनामै दुई अर्ब ८४ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

Author

सजिलो पत्रिका

२०८२ असोज ०८, बुधबार

17
Share
Featured

काठमाडौँ

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा काँकडभिट्टा नाकाबाट दुई अर्ब ८४ करोड ४८ लाख ८४ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन–भदौ महिनामा पेट्रोलियम पदार्थ आयातबाट मात्रै एक अर्ब ३९ करोड ८६ लाख ३० हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

यस अवधिमा काँकरभिट्टा नाकाबाट १६ हजार ३५२ किलोलिटर पेट्रोल (मूल्य एक अर्ब ४२ करोड ७२ लाख रुपैयाँ), नौ हजार ४ किलोलिटर डिजेल (८४ करोड ४२ लाख रुपैयाँ), चार हजार २३३ मेट्रिक टन एलपी ग्यास (४० करोड ४९ लाख रुपैयाँ), एक हजार ४८८ किलोलिटर एटिएफ (१३ करोड २८ लाख रुपैयाँ) र २४८ किलोलिटर मट्टितेल (दुई करोड २२ लाख रुपैयाँ) आयात भएको कार्यालयले जनाएको छ ।

यो समाचारमा

काँकडभिट्टाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    धनुषामा ट्राफिक कारबाहीबाट १ करोड १४ लाख राजस्व संकलन

    काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक वर्ष २०८२÷८३ मा रु एक करोड १४ लाख नौ हजार ५०१ राजस्व सङ्कलन गरेको छ । प्रमुख प्रहरी निरीक्षक खगेन्द्रकुमार दाहालले  आव २०८२÷८३ मा ट्राफिक नियम उल्लङ्घन गर्नेहरुबाट १२ हजार ६०३ सवारीसाधनमाथि कारबाही गर्दा रु एक करोड १४ लाख नौ हजार

    Data is loading...

    Loading brands...

    Loading footer...