दशैँ विशेष वडाकप फुटबल गोदावरी-३ मा सम्पन्न, सहिदको सम्मानमा फरक उद्घाटन

Author

सजिलो पत्रिका

२०८२ असोज ०७, मङ्गलबार

22
Share
Featured
  • गोदावरी नगरपालिका–३ ले दशैँको अवसरमा वडास्तरीय लिग कम नकआउट फुटबल प्रतियोगिता–२०८२ सुरु गरेको छ।
  • उद्घाटन समारोहमा खादामाला र मन्तव्यबिनै जेनजी आन्दोलनका सहिदहरूलाई सम्मान गर्दै प्रतियोगिताको शुभारम्भ गरिएको थियो।
  • वडाध्यक्षले खेल र खेलाडीको विकासलाई प्राथमिकतामा राख्दै प्रतियोगिताले स्थानीय खेलकुदको स्तर उकास्ने विश्वास व्यक्त गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

गोदावरी नगरपालिका, ललितपुर-३ द्वारा आयोजित साविक वडा स्तरीय लिग कम नकआउट फुटबल प्रतियोगिता-२०८२ को उद्घाटन समारोह सम्पन्न भएको छ। दशैँको उपलक्ष्यमा प्रत्येक वर्ष आयोजना हुँदै आएको यस वर्षको वडाकप फुटबलको उद्घाटन समारोह सोमबार सफलतापूर्वक सम्पन्न भएको वडाध्यक्ष राज घिमिरेले सजिलोपत्रिकालाई जानकारी दिएका छन्।

वडाध्यक्ष घिमिरेका अनुसार, यसपटकको उद्घाटन समारोहलाई फरक तरिकाले आयोजना गरिएको थियो। खादामाला र मन्तव्यबिना नै जेनजी आन्दोलनमा सहादत प्राप्त वीर सहिदहरूलाई सम्मान गर्दै प्रतियोगिताको उद्घाटन गरिएको हो।



वडाध्यक्ष घिमिरेले खेल र खेलाडीको विकासलाई उच्च प्राथमिकतामा राखिएको बताएका छन्। यस प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।


यो समाचारमा

फुटबलगोदावरी नगरपालिका, ललितपुरकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पहिरो र लेदो हटाएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा

    काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीस्थित विरुवाडाँडा र आसपासका क्षेत्रमा खसेको पहिरो तथा लेदो हटाएपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। शुक्रबार रातिको वर्षाका कारण सडकमा लेदो र सुख्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडकमा थुप्रिएको अवरोध हटाएपछि केहीबेरअघि मात्रै यातायात सुचारु

    Data is loading...

    Loading brands...

    Loading footer...