काठमाडौँ।
एसिया कप टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर-४ को खेलमा भारत भारतले पाकिस्तानमाथि ६ विकेटको सहज जित निकालेको छ। दुबईमा आइतबार राति सम्पन्न खेलमा भारतले पाकिस्तानले दिएको १७२ रनको लक्ष्य १८.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
भारतको जितमा ओपनर अभिषेक शर्माले ३९ बलमा ६ चौका र ५ छक्कासहित ७४ रनको आक्रामक पारी खेले। यस्तै, शुभमन गिलले २८ बलमा ४७ रन जोडे भने तिलक बर्माले १९ बलमा नटआउट ३० रन बनाए। पाकिस्तानका बलर हरिस रौफले २ विकेट लिए।
त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७१ रन बनाएको थियो। पाकिस्तानका लागि ओपनर साहिबजादा फरहानले ४५ बलमा ५ चौका र ३ छक्कासहित ५८ रनको योगदान दिए। फखर जमानले १५ र सइम अयुबले २१ रन बनाए भने फहिम असरफले नटआउट २० रन जोडे। भारतका शिवम् दुवेले २ विकेट लिए।
यो जितसँगै भारतले सुपर-४ मा आफ्नो विजयी यात्रा कायम राखेको छ। यसअघि समूह चरणमा पनि भारतले पाकिस्तानलाई पराजित गरेको थियो। सुपर-४ को अर्को खेलमा बंगलादेशले श्रीलंकालाई हराएको थियो।