नेपाली क्रिकेट टोलीलाई यूएईले दियो भिसा, भोलि उड्ने

Author

सजिलो पत्रिका

२०८२ असोज ०५, आइतबार

24
Share
Featured
  • नेपाली क्रिकेट टोलीले यूएईको भिसा प्राप्त गरेको र भोलि प्रस्थान गर्ने।
  • जेनजी आन्दोलनपछि रोकिएको भिसा प्रक्रिया क्यानको पहलमा समाधान।
  • नेपालले वेस्ट इन्डिजसँग सेप्टेम्बर २७, २९ र ३० मा शारजाहमा तीन टी–२० खेल्ने।
समाचार सारांशGenerated using AI.

काठमाडौँ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले संयुक्त अरब इमिरेट्स (यूएई) को भिसा प्राप्त गरेको छ । भिसा पाएसँगै टोली भोलि त्यसतर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

जेन–जी आन्दोलनकै क्रममा हजारौँ कैदी जेलबाट निस्किएपछि यूएईले नेपालीहरूलाई भिसा रोक्दै आएको थियो । केही दिनअघि मात्र खेलाडीहरूले भिसाका लागि आवेदन दिएका थिए । नियमित प्रक्रियाबाट ढिलाइ भएपछि क्यानले इमिरेट्स क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)सँग पहल गरेको हो ।

वेस्ट इन्डिजविरुद्धको तीन खेलको टी–२० श्रृंखलाका लागि क्यानले शारजाह क्रिकेट रंगशाला बुक गरिसकेको छ । टिकट बिक्री अनलाइनमार्फत सुरु भइसकेको छ । नेपालले वेस्ट इन्डिजसँग सेप्टेम्बर २७, २९ र ३० मा तीनवटा टी–२० म्याच खेल्नेछ । प्रतियोगिताको सम्पूर्ण खर्च र व्यवस्थापन क्यानले नै गर्ने जनाइएको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...