रास्वपा केन्द्रीय समिति बैठक असोज ७ गते, महाधिवेशनबारे छलफल हुने

Author

सजिलो पत्रिका

२०८२ असोज ०३, शुक्रबार

22
Share
Featured
  • बैठकमा पहिलो महाधिवेशन (फागुन ७–९) को पूर्वनिर्धारित तालिका फेरबदल गर्नेबारे छलफल हुनेछ।
  • सरकारले फागुन २१ गते आम निर्वाचन घोषणा गरेकाले तोकिएको समयमा महाधिवेशन गर्न असम्भव भएको छ।
  • त्यसैले बैठकले महाधिवेशनको नयाँ मिति र आवश्यक निर्णय लिने तयारी गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले असोज ७ गते केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालयमा बस्ने उक्त बैठकमा विशेषगरी फागुनमा हुने भनिएको महाधिवेशनबारे छलफल हुनेछ।

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार, "पहिलो ऐतिहासिक महाधिवेशन फागुन ७, ८ र ९ गते आयोजना गर्ने पूर्वनिर्धारित कार्यक्रम रहेकोमा सरकारले फागुन २१ गते आम निर्वाचन घोषणा गरेको परिवर्तित परिस्थितिलाई ध्यानमा राखी महाधिवेशनसम्बन्धी आवश्यक छलफल र निर्णय बैठकले लिन्छ।"

सरकारले फागुन २१ गते निर्वाचनको मिति तोकेकाले रास्वपाको महाधिवेशन तोकिएको समयमा नहुने निश्चित भएपछि त्यस विषयमा बैठकले निर्णय लिने तयारी गरेको हो।

यो समाचारमा

काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टीमनिष झा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...