मधेशका मुख्यमन्त्री सतिश सिंहको राजीनामा 'फेसबुकमा मात्र', पद कायमै

Author

सजिलो पत्रिका

२०८२ भदौ २८, शनिबार

16
Share
Featured
  • मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले फेसबुकमार्फत राजीनामा घोषणा गरे पनि प्रदेश प्रमुखको कार्यालयमा लिखित पत्र नबुझाएकाले संवैधानिक रूपमा पदमै रहेका छन्।
  • उनले जनताको ज्यान र अधिकारलाई सर्वोच्च ठान्दै राजीनामा घोषणा गरेका भए पनि प्रदेश प्रमुख कार्यालयले राजीनामा पत्र नआएको पुष्टि गरेको छ।
  • सिंह विभिन्न दलहरूको समर्थनमा जेठ २५ गते मुख्यमन्त्री बनेका थिए तर पछिल्लो राजनीतिक घटनाक्रमसँगै गठबन्धनमा फेरबदल भएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा घोषणा गरे पनि आधिकारिक रूपमा प्रदेश प्रमुखको कार्यालयमा बुझाएका छैनन्। जेनजी पुस्ताको आन्दोलनपछि जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको निर्देशनमा उनले राजीनामाको घोषणा गरेका थिए।

मुख्यमन्त्री सिंहले आफ्नो फेसबुक पोस्टमा 'नागरिकको ज्यान भन्दा ठूलो अरु केही छैन भन्ने अटल विश्वासका साथ, जनताको अधिकार र भविष्यप्रति उत्तरदायी हुँदै म मधेश प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा गर्दछु' भनी उल्लेख गरेका थिए। तर, शुक्रबार अबेर रातीसम्म पनि राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा प्राप्त नभएको खुलेको छ।

मधेश प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव सत्रुधन यादवका अनुसार, कार्यालयमा लिखित राजीनामा पत्र प्राप्त नभएकाले संवैधानिक रूपमा मुख्यमन्त्री सिंहको पद कायमै रहेको छ। संविधानको धारा १६९ को उपधारा १ को (क) अनुसार मुख्यमन्त्रीले प्रदेश प्रमुख समक्ष लिखित राजीनामा दिनुपर्ने व्यवस्था छ।

सिंह गत जेठ २५ गते एमाले, माओवादीसहित ७ दलको समर्थनमा मुख्यमन्त्री बनेका थिए। पछि केन्द्रको राजनीतिक घटनाक्रमले गर्दा माओवादी केन्द्रसहितका दल सरकारबाट बाहिरिएका थिए भने कांग्रेस सहभागी भएको थियो।

यो समाचारमा

काठमाडौँसतिश कुमार सिंहमधेश प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...