नेकपा माओवादी केन्द्रद्वारा प्रतिनिधिसभा विघटनको निर्णयप्रति असहमति

Author

सजिलो पत्रिका

२०८२ भदौ २८, शनिबार

30
Share
Featured
  • नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक भन्दै असहमति प्रकट गरेको छ।
  • पार्टीले यसलाई जनताको सार्वभौमसत्ता र लोकतान्त्रिक मूल्यप्रति आघात भएको ठहर गर्दै अस्वीकार्य बताएको छ।
  • राष्ट्रपति पौडेलद्वारा संसद् विघटन र सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेपछि, माओवादी केन्द्रको असहमतिले नयाँ राजनीतिक ध्रुवीकरणको संकेत गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रतिनिधि सभा विघटन गर्ने निर्णयप्रति गम्भीर असहमति प्रकट गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको आकस्मिक बैठकले वर्तमान परिस्थितिको गहन विश्लेषण गर्दै यस्तो निष्कर्ष निकालेको हो।

बैठकपछि पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिँदै भने, “संसद् विघटनको निर्णय मुलुकको संवैधानिक व्यवस्था विपरीत भएको छ। त्यसैले माओवादी केन्द्र यसप्रति गम्भीर असहमति प्रकट गर्दछ।”

माओवादी केन्द्रले संसद् विघटनलाई जनताको सार्वभौमसत्ता र लोकतान्त्रिक मूल्यप्रति आघात भएको ठहर गरेको छ। पार्टीले संविधानको मर्म र राजनीतिक स्थायित्वलाई कमजोर पार्ने खालको कदमलाई अस्वीकार्य बताउँदै यसबारे विस्तृत रणनीति तय गर्ने संकेत पनि गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रतिनिधिसभा विघटन गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। माओवादी केन्द्रको यो असहमतिले नयाँ राजनीतिक ध्रुवीकरणको संकेत गरेको छ।

यो समाचारमा

काठमाडौँपुष्पकमल दाहालसुशीला कार्कीनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
रामचन्द्र पौडेल5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...