कार्कीलाई प्रधानमन्त्री बनाउन दलीय सहमति, राष्ट्रपति पौडेल संसद् विघटन गर्नअसहमति

Author

सजिलो पत्रिका

२०८२ भदौ २७, शुक्रबार

39
Share
Featured

काठमाडौँ । तत्कालीन प्रधानन्यायाधीसुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने विषयमा दलीय सहमति पनि जुटेको छ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोक राज सिग्देलले सबै पार्टीका नेताहरुसँग कुराकानी गर्दै दलीय सहमति जुटाएका हुन् ।

राष्ट्रपति पौडेलले सभामुख, संविधानविद्, तत्कालीन प्रधानमन्त्रीखड्गप्रसाद शर्मा ओली, कांग्रेस सभापति शेर बहादुर देउबा, माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतको सुझाव लिएको उनीनिकट स्रोतले जानकारी दिएको छ । 

“सबैसँगको छलफलपछि उहाँलाई प्रधानमन्त्री बनाउने सहमति जुटेको छ, जेनजीको माग पनि त्यही भएको हुनाले उहाँको नाममा कसैले विरोध गरेका छैनन् । तर संसद् विघटनको विषयमा कुरा मिलेको छैन,” वार्ता प्रक्रियामा रहेका एक उच्च तहका अधिकारीले भने ।

राष्ट्रपति पौडेल संसद् विघटनको पक्षमा छैनन् । तर जेनजीका प्रतिनिधि र कार्की भने संसद् विघटन नगरी प्रधानमन्त्री चयनको प्रक्रिया नमिल्ने अडानमा रहेको स्रोत बताउँछ ।

यो समाचारमा

काठमाडौँरामचन्द्र पौडेलसुशीला कार्कीशेर बहादुर देउबा
पुष्पकमल दाहाल6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...