नेपाल र बंगलादेशको मैत्रीपूर्ण फुटबल खेल आज

Author

सजिलो पत्रिका

२०८२ भदौ २१, शनिबार

14
Share
Featured
  • नेपाल र बंगलादेशबीच आज दशरथ रंगशालामा पहिलो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ।
  • नेपालको सिनियर टोलीले करिब २ वर्षपछि घरेलु मैदानमा खेल खेल्न लागेको हो।
  • दुवै टोलीको एएफसी एसियन कप छनोट तयारीका लागि दुई मैत्रीपूर्ण खेल महत्त्वपूर्ण मानिएको छ र दोस्रो खेल मंगलबार हुनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपालबंगलादेशबीच आज (शुक्रबार) पहिलो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ। काठमाडौंस्थित दशरथ रंगशालामा हुने यो खेल साँझ ५:३० बजेदेखि सुरु हुनेछ। फिफा विन्डोअन्तर्गत हुन लागेका यी दुई मैत्रीपूर्ण खेल दुवै टोलीका लागि आगामी एएफसी एसियन कप छनोटको तयारीका लागि महत्त्वपूर्ण मानिएको छ।

नेपालको सिनियर राष्ट्रिय टोलीले करिब दुई वर्षपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो। यसले खेलाडी र समर्थक दुवैमा उत्साह थपेको छ। नेपाली टोलीका कप्तान किरण चेम्जोङले लामो समयपछि घरेलु मैदानमा खेल्न पाउनु उत्साहित भएको र खेल पनि रोचक हुने अपेक्षा व्यक्त गरेका छन्।

नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले बंगलादेशको टोली राम्रो भएको र राम्रो प्रतिस्पर्धा हुने बताउँदै जित निकाल्ने गरी खेल प्रस्तुत गर्ने बताएका छन्। यता, बंगलादेशका प्रशिक्षक जेभियर क्याब्रेराले नेपाल आउनुअघि राम्रो तयारी भएको र यहाँ आएर खेल्न उत्साहित रहेको बताएका छन्। बंगलादेशी कप्तान जमाल भुयाले पनि यो मैत्रीपूर्ण फुटबल खेलले एसियन कप छनोटका लागि राम्रो तयारी हुने विश्वास व्यक्त गरेका छन्।

दोस्रो मैत्रीपूर्ण खेल आगामी मंगलबार हुनेछ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएअनुसार, दुई खेलपछि समग्र परिणामको आधारमा विजेता घोषणा गरिनेछ। यदि दुवै खेलबाट स्पष्ट नतिजा नआएमा दोस्रो खेलपछि पेनाल्टी सुटआउटमार्फत विजेता टुंग्याइनेछ। विजेता टोलीले ट्रफी र पदक प्राप्त गर्नेछ।

यो समाचारमा

काठमाडौँनेपालबंगलादेश

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...